शुक्रबार, वैशाख ७, २०८१

सामाजिक परिचालकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–विभिन्न माग राख्दै प्रदेश सरकारविरुद्ध आन्दोलन गरि रहेका सामाजिक परिचालकको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय घेराउ गर्न पुगेका सामाजिक परिचालकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गर्न पुगेका दुई दर्जनभन्दा बढी सामाजिक परिचालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माग सम्बोधन गर्न नाराबाजी गरिरहेको अवस्थामा उनीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश २ को सप्तरीदेखि पार्साबाट आएका सामाजिक परिचालकहरु पछिल्लो ९ दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गर्दै आइरहेका छन्। मुख्यमन्त्री कार्यालयमा आउजाउ नै बन्द हुनेगरी प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बडाबाबु झाले बताए ।

२८ असारबाट आफूहरु आन्दोलनमा रहेपनि सामाधानका लागि प्रदेश सरकारले चासो नदेखाएको आन्दोलनरत सामाजिक परिचालकहरुको भनाइ छ । स्थानीय निकायमा कार्यरत उनीहरुलाई गत असार महिनादेखि सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलनमा होमिएका हुन् ।

प्रदेश सरकारले माग पुरा गराउन पहल गर्ने आश्वासन दिएपनि अहिले आएर चासो नदेखाएको सामाजिक परिचालक संघर्ष समितिका अध्यक्ष शिवशंकर मेहताले बताए ।

सामाजिक परिचालकहरुले पूर्ण सुविधा उपलब्ध गराइ अहिलेलाई कार्यालय सहायकमा समायोजन गर्नुपर्ने, स्थानीय तहमा समायोजनपछि योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दीमार्फत स्थानीय तह कर्मचारीमा समावेश गरिनुपर्ने माग राखेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।