शुक्रबार, वैशाख ७, २०८१

 को-को आउँछन् बिमस्टेकमा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालमा पहिलो पटक हुन लागेको बिमस्टेकको चौथौ शिखर सम्मेलनमा सबै राष्ट्रका कार्यकारी प्रमुखहरू सहभागी हुने भएका छन्। उनीहरूका साथमा विदेशमन्त्री र विदेश सचिवसमेत आउनेछन्। 

बिमस्टेकमा नेपालसहित बंगलादेश, भारत, श्रीलंका, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात देश सदस्य छन्। सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने पक्का भएको छ।

म्यानमारका प्रधानमन्त्री सम्मेलन शुरु हुने दुई दिनअघि १२ भदौमै काठमाडौं आइपुग्नेछन्। श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री १३ भदौमा आउनेछन्। भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री सम्मेलन शुरु हुने दिन १४ भदौ बिहान काठमाडौं उत्रिनेछन्। उनीहरू सबैले १४ भदौ दिउँसो शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन्। राष्ट्रपति कार्यालयले उनीहरूको स्वागतका लागि दिवा भोजको आयोजना गर्नेछ।

दिवा भोज सकिएसँगै होटल सोल्टीमा बिमस्टेक उद्घाटन हुनेछ भने अध्यक्ष राष्ट्र भएको नाताले प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्। उद्घाटन सत्रमा सबै देशका उच्च नेताहरूले मन्तव्य दिनेछन्। साँझ प्रधानमन्त्री ओलीले होटेल हायातमा उनीहरूलाई रात्रिभोज दिने कार्यक्रम छ। 

यो पनि पढ्नुस्, बिमस्टेक सम्मेलनलाई चार तहको सुरक्षा घेरा

यस्तै, सरकारले १४-१५ भदौमा काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने सबै सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने पनि तयारी गरेको छ।
 
होटेल सोल्टीमा बिमस्टेक सम्मेलन समापन भएपछि अतिविशिष्ट पाहुनालाई गोकर्ण रिसोर्टमा रिट्रिट दिइने भएको हो। अधिकांश राष्ट्र प्रमुख त्यसै दिन बिदा हुने कार्यक्रम छ। सम्मेलनको दुई दिनअघि सदस्य राष्ट्रका विदेश सचिवहरूबीचमा बैठक हुनेछ। त्यसको भोलिपल्ट १३ भदौमा विदेश मन्त्रीहरूको सोह्रौं बैठक हुनेछ। यी दुई बैठकले सम्मेलनमा प्रस्तुत हुने र घोषणापत्र जारी गरिने दस्तावेजलाई अन्तिम रूप दिने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

श्रीलंका र म्यानमारका राष्ट्रपति लुम्बिनी जाने

बिमस्टेकको शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमारका प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन्।  परराष्ट्र अधिकारीका अनुसार राष्ट्रपति मिन्ट बुधबार लुम्बिनी भ्रमणमा जानेछन्। 

यसैगरी, सम्मेलन सकिएपछि आगामी शनिबार श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना लुम्बिनी भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत लुम्बिनी जान इच्छुक नदेखिएका होइनन्। तर, त्यसको टुंगो लागेको छैन। सुरक्षालगायत कारणले उनी लुम्बिनी जाने सम्भावना कमजोर देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।