शनिबार, वैशाख ८, २०८१

बिमस्टेक सम्मेलनलाई चार तहको सुरक्षा घेरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको सहकार्य (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी राष्ट्र÷सरकार प्रमुखको विशेष सुरक्षार्थ चार वटा सुरक्षा घेरा तयार गरिने भएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी-कर्मचारी अलग-अलग घेरामा रहनेछन्। स्रोतका अनुसार नेपाली सेना पहिलो घेरा अर्थात् ‘क्लोज रिङ’मा रहनेछ। त्यसपछिको घेरा नेपाल प्रहरीको हुनेछ, जसलाई ‘मिडल रिङ’ नाम दिइएको छ। तेस्रो घेरा सशस्त्र प्रहरीको हुनेछ, जसलाई ‘आउटर रिङ’ नाम दिइएको छ। त्यसभन्दा बाहिरी घेरा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहनेछन्, जसले सम्भावित सुरक्षा जोखिमबारे सूचना संकलन गर्दै भित्री घेरामा सम्प्रेषण गर्नेछन्।

भीभीआईपीका ‘बडी गार्ड’हरू भने उनीहरू सँगसँगै रहनेछन्। भीभीआईपी सुरक्षाका सम्भावित जोखिमबारे नेपाली सुरक्षा निकायहरूले सुक्ष्म अध्ययन गरिरहेका छन्। त्यसका लागि एक महिना अघिदेखि नै सुरक्षा ‘थ्रेट एसेस्मेन्ट’ भइरहेको स्रोतको भनाइ छ।
 

भारत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भुटान र श्रीलंकाका विशेष सुरक्षा टोली काठमाडौंमा।


६ वटै मुलुकका सुरक्षाकर्मी काठमाडौंमा

त्यसबाहेक ६ वटै मुलुकका ‘एडभान्स’ सुरक्षा टोली काठमाडौं आइपुगेका छन्। भारत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भुटान र श्रीलंकाका विशेष सुरक्षा टोली काठमाडौं आएका हुन्।

सम्बन्धित मुलुकका टोलीहरूले सुरक्षा जोखिमको सुक्ष्म अध्ययन र नेपाली सुरक्षा निकायहरूसँग समन्वय गरिरहेको स्रोतले नेपाल समयलाई बताएको छ। स्रोतका अनुसार भारतीय र म्यानमारको विशेष सुरक्षा टोली शनिबार राति काठमाडौं उत्रेको हो। थाइल्यान्ड, बंगलादेश, भुटान र श्रीलंकाका विशेष सुरक्षा टोली आइतबार काठमाडौं आइपुगेका हुन्।

आफ्ना राष्ट्र-सरकार प्रमुखको सुरक्षाको प्रत्याभूति गर्न ती टोलीहरू आएका हुन्। ती टोलीले काठमाडौंको सुरक्षा व्यवस्थाबारे आ–आफ्ना सरकारलाई जानकारी गराउने छन्।

१४–१५ भदौमा बिमस्टेक सम्मेलन हुँदैछ। नेपाल, भारत, बंगलादेश, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्ड बिमस्टेकका सदस्य राष्ट्र हुन्। शिखर सम्मेलनको सबै सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी आयुक्त डीआईजी मनोज न्यौपानेले नेपाल समयलाई जानकारी दिए।

कनेक्टिभिटी (रेल, हवाई, सडक र इन्टरनेट) मार्गको विकास, सदस्य राष्ट्रबीच भएका वाणिज्य सन्धिको सहजीकरण, ऊर्जा आदानप्रदान र वातावरण संरक्षणलगायत विषयमा समान धारण र सहयोग आदानप्रदान विकासमा सम्मेलन केन्द्रित हुनेछ।

यो पनि पढ्नुस्, 
को-को आउँछन् बिमस्टेकमा?

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।