काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले बलात्कारका घटनासंग सम्बन्धित विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले पप्पु कन्स्ट्रक्सनको अलपत्र पुलका कारण रौतहटमा डुंगा दुर्घटना भएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले 'निर्मला हत्या योजनाबद्ध' शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले निर्मला बलात्कारको अनुसन्धानमा प्रहरीको चासो असामान्य व्यक्तिमा केन्द्रित भएको खबर लेखेको छ ।
नयाँ पत्रिकाले मानसिक सन्तुलन गुमाएका दीलीपसिंह बिष्ट नै दोषी ठहरिन सक्ने उल्लेख गरेको छ । प्रहरीले यहि घटनामा यसअघि पनि मानसिक अवस्था ठिक नभएका दुई जनालाई नियन्त्रणमा लिएको नयाँ पत्रिकाले लेखेको छ । तर, नागरिक दैनिकले भने निर्मला हत्या प्रकरणमा आरोपितलाई लुकाउन निर्दोषलाई फसाउन खोजिएको हुनसक्नेतर्फ पुनः प्रहरी अनुसन्धान मोडिएको खबर छापेको छ ।
कान्तिपुर दैनिकले भने पप्पु कन्स्ट्रक्सनको अलपत्र पुलका कारण रौतहटमा डुंगा दुर्घटना भएको विषयलाई मुख्य समाचार बनाएको छ । डुंगा पप्पु कन्स्ट्रक्सनले निर्माण गर्दा गर्दै अलपत्र छाडेको पुलको पिल्लरमा ठोकिएर दुर्घटना भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
एक वार्षदेखि पुल अलपत्र छाड्ने र जनाताको ज्यान जोखिममा पार्ने पप्पुलाई कारबाही गर्न स्थानीयबासीले माग गरेको कान्तिपुरले जनाएको छ । यस्तै आजको कान्तिपुरले परिचयपत्रकै भारी शीर्षकमा विशेष खबर लेखेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने निगमको जाहाज यसै थन्किने गरेको गरेको तर बाहना भने पाइल अभावको बनाइने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । निगमसंग साना ठूलागरेर ६ वटा चिनियाँ जहाज छन् । तर, तीमध्ये निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो जहाज मात्रै उडाउने गरेको अन्नपूर्णले लेखेको छ ।
यस्तै बिमस्टेक सम्मेलनमा रेल र सडक सञ्जालको मुद्दामा बढी केन्द्रित हुने खबरलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४