बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मैनाली र पकुवाललाई केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार

मैनाली र पकुवाललाई केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बरिष्ठ पत्रकार मोहन मैनाली र पत्रकार माया पकुवाल केसीसी व्यवसायिक पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । कान्तिपुर सिटी कलेज (केसीसी)ले स्थापना गरेको यो पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ छ। 

सम्मानित पत्रकार मैनालीले विगत २८ वर्षदेखि वातावरण, ग्रामीण क्षेत्रमा अनुसन्धानमूलक रिपोर्टिङ्ग गर्दै मिडिया तालिममा सहभागि छन् भने, पत्रकार पकुवाल झापालाई कार्यक्षेत्र बनाएर झापाबाट प्रकाशित वरुण साप्ताहिक प्रधान सम्पादकका रुपमा कार्यरत छन् । मिगौला पीडित पकुवालको केहीसमय अघि मात्र सफल शल्यक्रिया भएको थियो । 

आइतबार आयोजित सम्मान कार्यक्रममा विशेष अतिथि राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले दुबै पुरस्कृतहरू उत्कृष्ट र विवादरहित भएको बताइन । सूचनाको हक सबैले प्रयोग गर्नुपर्ने तथा मिडियाले सो हकका लागि कार्य गर्नुपर्ने तिम्सिनाको भनाई छ । 

त्यसैगरी, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आफैमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले नेपाली पत्रकारहरूलाई सशङ्कित बनाएको बताए । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग गर्नुपर्ने बताए । 

कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने लक्ष्यका साथ यो पुरस्कार स्थापना गरिएको हो । 

सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणी मध्ये हो । यस क्रममा यहाँका पत्रकारिताका तीन सय ५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्यरत छन् ।

सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो । 

पत्रकारका लागि आत्मनिरीक्षणसम्बन्धी प्रा. रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा. भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा. दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् । 

कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्ने माधव थापा क्षेत्री (२०१५को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई पनि सम्मान गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।