शुक्रबार, वैशाख ७, २०८१

खुलेको शुरु दिन २.७८ अंकले घट्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–पछिल्लो समय लगातर घटेको नेस्से यस साताको कारोबारको शुरु दिननै घटेको छ । आइतबार नेप्से परिसूचक २.७८ अंकले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । नेप्से बजारमा आएका अधिकांश समूहरुको परिसूचक रातो हुदा नेप्से घटेको हो । 

आइतबार १४६ कम्पीहरुको २ हजार ५७५ कारोबारबाट ६ लाख ९ हजार २५७ पटक शेयर खरिद बिक्री भएको छ । उक्त खरिद बिक्रीबाट २० करोड ५५ लाख ५८ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.५७ प्रतिशत घटेर २४८.४२ बिन्दुमा पुगेको छ ।

नेप्से बजारमा आएका उत्पादनमुलक समूहमध्ये नाँै समूहकै परिसूचक घटेको छ । सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक ४२.४८ अंक घटेको छ । 
त्यसपछि माइक्रोफाइनान्सको परिसूचक १२.६२, विकास बैंकको परिसूचक ११.५, बैंकिङ समूहको १.०३ परिसूचक घटेको छ ।

होटेल समूहको ०.०४, हाइड्रोपावरको २.०६, फाइनान्सको १.६१, अन्य समूहको २.७ र लाइफ इन्स्योरेन्सको परिसूचक १.८८ अंक घटेको छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्