शुक्रबार, वैशाख ७, २०८१

तालिबानलाई टक्कर दिने 'बूढो बाघ'

दाह्रीजुँगा फुलेका एक बूढा। तर साहसी सिपाही हुन् उनी। ७५ वर्षको उमेरमा पनि अफगानी जनतालाई तालिबानको आतंकबाट बचाउन लागिपरेका छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

दाह्रीजुँगा फुलेका एक बूढा। तर साहसी सिपाही हुन् उनी। ७५ वर्षको उमेरमा पनि अफगानी जनतालाई तालिबानको आतंकबाट बचाउन लागिपरेका छन्।

triton college

उनी आफूमात्रै लडिरहेका छैनन् तालिबानविरुद्ध। सेनाको जत्थासहित अफगानिस्तानको रक्षाका लागि लडिरहेका छन्। ती साहसी व्यक्ति हुन् मोहम्मद स्माइल खान।

तालिबानले अफगानिस्तानका विभिन्न प्रान्तमा कब्जा जमाइरहेको अवस्थामा उनी आफ्नो प्रान्त हेरातको सुरक्षामा खटिएका छन्। अफगानिस्तानमा अहिले उनलाई बूढो बाघको संज्ञा दिइएकोे छ।

तालिबानको आतंक र ज्यादतीबाट आजित बनेका अफगानिस्तानीलाई उनले लड्न, भिड्न सिकाइरहेका छन्। सर्वसाधारणमा त्रास र भयले डेरा जमाइरहँदा उनी हतियार लिएर तालिबानलाई ठेगान लाउन तम्सिएका छन्।

अफगानिस्तानका कतिपय सञ्चारमाध्यमले उनलाई अहिलेसम्म हेरात बच्नुको श्रेय दिएका छन्। अफगानिस्तानको समाचार संस्था अरमान–ए–मेलीले मोहम्मद स्माइल खान नभए हेरात पहिल्यै तालिबानले कब्जा गरिसक्ने उल्लेख गरेको छ।

corrent noodles
Metro Mart

‘यदि स्माइल खान र उनको कमान्डमा काम गर्ने समूह नभइदिएकोे भए हेरात तालिबानकोे नियन्त्रण्मा हुन्थ्यो, स्माइल खान र सार्वजनिक विद्रोही बलले आफ्नो वीरताका कारण तालिबानलाई निकै नोेक्सान भएकोे छ,’ अरमान ए मेलीले भनेको छ।

तालिबानसँग लड्न स्माइल खानले सार्वजनिक विद्रोही बल गठन गरेका छन्। उक्त बलले हेरातलाई तालिबानकोे आतंकबाट मात्रै बचाएको छैन, नियन्त्रणबाट समेत मुक्त राखेको छ।

इस्माइलको वीरता र साहस देखेर हेरातका स्थानीयले उनलाई बुढोे बाघ भनिरहेका छन्। उनले हेरात प्रान्तलाई तालिबानको कब्जामा जान नदिन संघर्ष गरिरहेका छन्।

उमेरले ७५ पुगेपनि उनको जोशजाँगर र साहसमा कमी आएकोे छैन। उनी विद्रोही बलको कमान्डसमेत गरिरहेका छन्।

इस्माइलकोे जन्म सन् १९४६ मा हेरात प्रान्तको शिंदाद जिल्लामा भएको थियो। उनी लामो समयसम्म जमीयत ए इस्लामी राजनीतिक दलका प्रमुख सदस्य रहे।

स्माइलले सन् १९७८ मा अफगान सेनामा एक अधिकृतको रुपमा काम गरेका थिए। काबुलमा कम्युनिष्ट सरकारविरुद्ध उनले ठूलो विद्रोहको योेजना बनाएका थिए।

सन् १९७९ मा सोेभियत संघले अफगानिस्तानमाथि आक्रमण गरेपछि उनी मुजाहिद्दिनका कमान्डर बने। १९८० मा सोभीयत सरकारको सेना फिर्ता भएसम्म इस्माइलले मुजाहिद्दिन सेनालाई नियन्त्रण गरेका थिए।

सन् १०९२ देखि १९९५ सम्म तीन वर्ष खान हेरातका गभर्नर बने। तालिबानले हेरात कब्जा गरेपछि उनी इरान भाग्न बाध्य भएका थिए।

तालिबानले उनलाई केहि समय बन्दी बनाए पनि सन् २००० मा उनी भाग्न सफल भए। तालिबानले दुःख दिएपछि र ज्यान मार्ने योेजना बनाएपछि उनीे भागे र तालिबान विरुद्धको संगठनमा आवद्ध भए।

२००१ मा अमेरिकी सेनाले तालिबान शासन समाप्त गरेपछि उनी फेरी हेरातका गभर्नर बने। इस्माइलले गरेको काम र सार्वजनिक प्रशासनमा गरेको सुधारलाई हेरातका स्थानीयले मन पराएका थिए।

केहिले स्थानीय तहबाट जम्मा भएको राजस्व केन्द्रसम्म नपुगेको भन्दैे इस्माइलको विरोध पनि गरिरहे। सन् २००५ मा अफगानिस्तानमा बनेको हामिद करजइ सरकारले खानलाई जल तथा उर्जामन्त्री नियुक्त गर्यो, जसमा उनले ८ वर्ष २०१३ सम्म निरन्तर काम गरे।

सन् २०१४ मा खानले राष्ट्रपतिका लागि चुनाव लडेपनि हार व्यहोरेका थिए। विगतका केहि वर्षमा अफगानिस्तानमा तालिबान आतंककारी समूहको ज्यादती तथा नियन्त्रण बढ्दै गएकोमा उनले पाकिस्तानलाई पनि दोेष दिइरहेका छन्।

चार अगस्टमा अफगानिस्तानको एक निजी टेलिभिजनले लिएको अन्तर्वार्तामा इस्माइलले यो युद्ध अफगानिस्तान सरकार र तालिबान विरुद्ध नभई अफगानिस्तान राष्ट्र विरुद्ध पाकिस्तानको युद्ध भएको बताएका थिए।

उनले पाकिस्तानले भाडाका सैनिक पठाएर युद्ध गरिरहेको तर्क गरेका थिए। खानले अफगानिस्तानले संयुक्त अफगानिस्तानका लागि एक नभएसम्म यस्ता युद्ध भइरहेने जनाएका छन्।

इस्माइलले हेरात प्रान्तका लागि लडिरहेका सर्वसाधारण तथा सार्वजनिक विद्रोेही बलकोे प्रशंसासमेत गरेका छन्। ‘तालिबानले हेरात प्रान्त नजिक नआउनु पर्ने थियो, हामी युद्धको संघारमा आइपुगेका छौं, तर विद्रोही बल र स्थानीयको साहसले तालिबानलाई हेरात छिर्न नदिन कामयाब भएका छौं,’ उनले भनेका छन्।

हेरातमा तालिबानविरुद्ध लडिरहेको समूह र सर्वसाधारणलाई केन्द्र सरकारले सहयोग नगरेको इस्माइलले केन्द्रका आलोचना गरेका छन्। ४ अगस्टमा दिएको एक अन्तर्वार्तामा खानले सरकार आफ्नो बाचा पूरा गर्नबाट चुकेकोे टिप्पणी गरेका छन्।

प्रकाशित: Aug 09, 2021| 08:18 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।