मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'छानविनमा लापरवाही गर्ने प्रहरीलाई पनि कडा कारवाही गर्छु'

'छानविनमा लापरवाही गर्ने प्रहरीलाई पनि कडा कारवाही गर्छु'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या काण्डको छानविनमा लापरवाही हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शनिबार उक्त हत्याकाण्डको यथाचित छानविन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश-७ का सांसद र नेताहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानविनमा लापरवाही गरेको पाइए प्रहरी र प्रशासनलाई समेत कडा कारवाही गर्ने बताएका हुन्। 

ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानविन गर्न सरकारले नयाँ समितिलाई आवश्यक निर्देशन दिएको विषयमा पनि जानकारी गराएको नेकपाका सांसद भीम रावलले जानकारी दिए। 

भेटमा प्रदेश-७ का नेकपाका सांसद र नेताहरूले पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री  ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए। घटना छानविन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनतासमक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले बताए। 

बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारालाई पक्राउ गरी कारवाही माग गर्दै आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा शुक्रबार एक जना किशोरको ज्यान गएको छ भने केही घाइते भएका छन्। त्यस घटनाबारे पनि छानविन गरी दोषीलाई कारवाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गरिएको सांसद रावलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।