बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियाडः बास्केटबलमा नेपाल चौथो, पौडीमा बनेन राष्ट्रिय कीर्तिमान

एसियाडः बास्केटबलमा नेपाल चौथो, पौडीमा बनेन राष्ट्रिय कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पुरुष थ्री बाइ थ्री बास्केटबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ । ६ राष्ट्र सहभागी समूह ‘सी’ को खेलमा शुक्रबार नेपालले १ मा वाक ओभर, १ मा जित र १ मा हारको सामना गर्दै समूह चरणमा नेपाल चौथो भएको हो । नेपालले माल्दिभ्सबाट वाक ओभर पाएको थियो भने जोर्डनलाई २१-१० ले पराजित गर्‍यो । 

नेपालको जितमा आशिष बस्नेतले सर्वाधिक १३ अंकको योगदान गरे । सिरिया विरुद्ध नेपाल २१-१९ ले पछि पर्‍यो । सिरिया विरुद्ध पनि आशिषले नै नेपालका लागि सर्वाधिक ९ अंक जोडेका थिए । त्यसअघि नेपाल कतार र जापानसंग पराजित भएको थियो । थ्री बाइ थ्रीअन्तर्गत महिलामा नेपालले शनिबार जापान र मंगोलिया विरुद्ध खेल्नेछ ।

पौडी : बनेन राष्ट्रिय कीर्तिमान

पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । नेपालका सहभागी ४ खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय र्कीतिमान बनाउन नसकका हुन् । चारवटै खेलाडीको चुनौती एसियाडमा हिट चरणबाटै समाप्त भइसकेको छ । शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे । निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे । प्रतिस्पर्धामा एसियाका ३१ खेलाडीले सहभागिता जनाएका थिए ।

त्यस्तै पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए । उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे । शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।

बक्सिङकी संगीता तथा ब्याडमिन्टनका रत्नजित र विकास पराजित

इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत बक्सिङको पहिलो दिन नेपाली एक मात्र तिस्पर्धामा संगीता सुनार पराजित भएकी छन् । महिला ५७ केजीमा नेपालकी संगीता थाइल्यान्डकी खेलाडीसँग पराजित भएकी हुन् । उनी थाइल्यान्डकी निलावानसँग ५-० ले पराजित भएकी हुन् । 

बक्सिङमा नेपालबाट ५ पुरुष र ३ महिला गरी ८ खेलाडी सहभागी छन् । शनिबार तेजबहादुर देउवाले पुरुष ४९ केजी, भुपेन्द्र गुरुङले पुरुष ६४ केजी र पुनम रावलले महिला ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । बक्सिङ टोली थाइल्यान्डमा ४५ दिनको वैदेशिक प्रशिक्षणपछि एसियाडमा सहभागी हुन इन्डोनेसिया पुगेको थियो ।

ब्याडमिन्टनका रत्नजित र विकास पराजित

ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् । रत्नजित दक्षिण कोरियाका खेलाडी तथा विकास जापानका खेलाडीसंग २-० को सोझो सेटमा पराजित भएका हुन् । रत्नजित दक्षिण कोरियाका खेलाडीसाग २१-८ र २१-११ तथा विकास जापानका खेलाडीसँग २१-९ र २१-१० को सेटमा पराजित भएका थिए ।

त्यस्तै महिला डबल्समा नेपालकी अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१-७ र २१-१ ले सहजै हराए । नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।

म्याराथनतर्फ गोपीचन्द्र र कृष्णले दौड पुरा गर्न सकेनन् 

एसियन गेम्स अन्तर्गत म्याराथनतर्फ नेपालका गोपीचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले दौड पुरा गर्न सकेनन् । शनिबार भएको खेलमा दुवैले ४० किमिको दौडपछि खेल त्यागेका थिए । इन्डोनेसियाको गर्मीको कारण खेलाडीलाई दौड पुरा गर्न गार्हो भएको भन्दै खेल त्यागेको खुल्न आएको छ । 

तर, खेल त्याग्नुको बिस्तृत जानकारी भने आएको छैन् । म्याराथनमा जापानका इनोई हिराटोले स्वर्ण जिते । सन् १९८६ पछि म्याराथनमा स्वर्ण जित्ने उनी पहिलो जापानिज खेलाडी बने । म्याराथनमा बहराइनका इल्साहन एलाबस्सीले रजत र चीनका डुओ बुझीले कास्य जिते । 

यो स्पर्धामा २१ खेलाडी रहेका थिए  जसमा १५ खेलाडीले मात्र दौड पुरा गरे । इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । अब पुरुषतर्फ याम साजन सुनारले १०० मिटर दौड, सोम बहादुर कुमालले ४०० र ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सरस्वती भट्टराईले ८०० र १५०० मिटर दौड र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।

एसियाडमा नेपालको आशा गरिएको पदक गुम्यो

कराँतेमा आशा गरिएको पदक चुकेपछि १८ औं एसियाली खेलकुदमा नेपालले अझै पदकविहिन रहेको छ । कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ कांस्य पदक जित्ने सम्भावना रहेको थियो । तर, उनी कांस्य पदकका लागि भएको खेलमा थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५-० ले पराजित भएपछि नेपालले पदकविहिन यात्रा जारी राखेको हो ।

प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई ३-२ ले पराजित गर्दै पदकको आशा दिलाएकी थिइन् । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५-० ले पराजित भइन् ।

नेपालले १८ औं एसियाडमा कुनै पदक जित्न सकेको छैन ।  पदकको आशा गरिएका उसु र तेक्वान्दो खाली हात फर्केपछि खालि हात हुने डर बढेको छ । कराँतेका खेल आजबाट सुरु भएको हो । कराँतेकै पुरुष एकल काँतातर्फ नेपालका परशुराम बास्तोला पहिलो चरणमा कतारका हाशेम आधामसँग ५-० ले पराजित भए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।