शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सभापति र वरिष्ठ नेताको लुकामारीले शुरु भएन कांग्रेस बैठक

सभापति र वरिष्ठ नेताको लुकामारीले शुरु भएन कांग्रेस बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको लुकामारीका कारण साँझसम्म बस्न सकेन। 

बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठकमा भेला भएका केन्द्रीय सदस्यले अनौपचारिक छलफलमात्र गरे ।

११ बजे केन्द्रीय समितिको बैठक बोलाइए पनि वरिष्ठ नेता पौडेलले बिहान नौ बजेदेखि नै खानपानसहितको केन्द्रीय सदस्यहरूको भेला बोलाएका थिए । धेरै केन्द्रीय सदस्य रामचन्द्रको भेलामा गएपछि समयमै केन्द्रीय समिति बैठक बस्न नसकेको हो। 

पौडेलपक्षीय भेला सकेर नेताहरू एक बजे बैठकमा सहभागी हुन आएका थिए। तर, सभापति देउवा साढे १२ बजे नै खानाका लागि निस्किए।  

केन्द्रीय समिति बैठकमा कांग्रेसको महासमिति भेला कहिले र कहाँ गर्ने, रमेश रिजालले राजिनामा दिएपछि बेवारिसे बनेको अनुशासन समितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने तय भएको थियो ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

मस्यौदा समितिमा पनि छलफल भएन

यसैबीच, शुक्रबार नै मस्यौदा समितिको बैठक बोलाइएको थियो। त्यस बैठकमा पनि रामचन्द्र पक्षधर मानिएका नेताहरू अनुपस्थित भएपछि बैठकले विषयवस्तुमै प्रवेश नगरेको नेताहरूले बताएका छन्। 

कांग्रेसमा नौ सदस्यीय विधान मस्यौदा समिति बनाउने निर्णय भए पनि बिहीबार बसेको पदाधिकारी बैठकले ११ सदस्यीय समिति बनाएको थियो। सभापति देउवाले आफ्नो पक्षबाट थप दुई जना सदस्य रमेश लेखक र फरमुल्लाह मन्सुरलाई थपेपछि पौडेल पक्ष रुष्ट बनेको थियो। यही असन्तुष्टिका कारण मस्यौदा समितिको बैठकमा पौडेल पक्षधर नेताहरू सहभागी भएनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।