बुधबार, वैशाख १२, २०८१

कञ्‍चनपुर घटनाका घाइतेलाई गृहमन्‍त्रीको आश्वासन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाका घाइतेको सम्पूर्ण खर्च सरकारले बोहोर्ने आश्वासन दिएका छन् । 

शुक्रबार कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डारीको स्वास्थ्य अवस्था बुझ्दै गृहमन्त्री थापाले उपचार खर्च सरकारले बोहोर्ने बचन दिएका हुन् । पिड्युँलामा गोली लागि घाइते भएका भण्डारीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

गृहमन्त्री घाइतेलाई भेट्न अस्पताल पुग्दा उनी भने बेहोस अवस्थामा थिए । गोली निकाल्नका लागि अपरेशनका क्रममा उनलाई बेहोस बनाइएको थियो । 

गृहमन्त्री थापाले घाइते भण्डाराका दाजु योगेन्द्र भण्डारासँग कुराकानी गरेका थिए । उनले उपचारका लागि चिन्ता नलिन पनि आश्वासन दिएका दिए । गृहमन्त्री थापाको साथमा कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट, नरबहादुर धामी र नेकपाका कार्यकर्ता पनि थिए । 

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छानविन माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीले बिहीबार चलाएको गोली लागी भण्डारी घाइते भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।