शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानको मेयर निर्वाचित

इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानको मेयर निर्वाचित

इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एलिरेज जाकिनी तहरानको मेयरमा निर्वाचित भएका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

तेहरान- इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एलिरेज जाकिनी तहरानको मेयरमा निर्वाचित भएका छन्। इरानको प्रतिनिधि सभाको सांसदसमेत भइसकेका जाकिनी राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन्। 

triton college

जाकिनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ। उनले आफ्नो नगरमा रहेका लागुऔषध दुर्व्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट लिएका छन्। 

लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए। 

सन् २०१३ र २०१७ मा उनको उम्मेदवारीलाई आधिकारीक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए। 

राष्ट्रपतिमा निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका थिए। रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका थिए। त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेले। 

corrent noodles
Metro Mart

५५ वर्षका जाकानीका श्रीमती र तीन सन्तान छन्। तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गरेका  जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत हुन्। रासस

प्रकाशित: Aug 08, 2021| 21:05 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।