इन्डोनेसिया- इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाण्डौ जिल्ला टेबल टेनिस संघले विदाई गर्यो।
संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई शुभकामना सहित विदाई गरे।
एशियन प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुष तर्फ स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिला तर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ्ग र रविना महर्जन रहेका छन्।
यस्तै टिम प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंङ्गेल तथा टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदील शाही रहेका छन्। टेबल टेनिस भाद्र १० देखि १६ गते सम्म आयोजना हुँदैछ । टोली बिहिबारनैै त्यस तर्फ प्रस्थान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४