बिहीबार, वैशाख ६, २०८१

प्रकाण्ड प्रकरण : अदालतले छोड्ने, प्रहरीले पक्रिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलार्इ अदालतले दुर्इ पटक रिहाइको आदेश दिए पनि प्रहरीले रिहाइ लगत्तै पक्राउ गरेको छ।  

ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो। 

त्यसैगरी बिहीबार पनि प्रहरीले प्रकाण्डलार्इ रिहा हुनेबित्तिकै पक्राउ गरेको छ। सर्वोच्च अदालतले बिहीबार उनलाई छाड्न आदेश दिएलगत्तै अदालत परिसर बाहिरबाट पुन: पक्राउ गरेको हो। उनलार्इ भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले बिहीबार पक्राउ गरेको हो।

यसअघि गैरकानूनी तवरमा साढे सात करोड रुपैयाँ चन्दा असुलेको आरोपमा २३ साउनमा दक्षिणकालीबाट पक्राउ गरेको थियो। 

यस्तै, नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै केपी-पीके सरकारले आफ्नो पार्टीका नेता/कार्यकर्तालाई दिनदिनैजस्तो अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने गरेको आरोप लगाएका छन्। 

उनले सरकारले पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरू किरण राई, दीपेश राई, वेदनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता/कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइरहेको बताएका छन्।

केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई ५ भदौमा गिरफ्तार गरी अहिलेसम्म बेपत्ता पारेको पार्टीले आरोप लगाएको छ। विप्लवले सरकारले शृंखलाबद्ध गिरफ्तारी तुरुन्त रोक्न र गिरफ्तार सबैलाई ससम्मान रिहा गर्न माग गरेका छन्। 

विप्लवले अाफ्ना कार्यकर्ता रिहा नगरे संसदीय व्यवस्थाको नेतृत्व गरेको वर्तमान सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।