बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले गठन गर्‍यो ११ सदस्यीय विधान मस्यौदा समिति 

कांग्रेसले गठन गर्‍यो ११ सदस्यीय विधान मस्यौदा समिति 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसले आगामी महासमिति भेलामा पेश गर्ने विधान संशोधनको प्रस्तावलाई तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा एघार सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार सम्पन्न पदाधिकारी बैठकले मस्यौदा समिति गठन गर्ने निष्कर्षमा पुगेको हो। 

बैठकले खड्काको संयोजकत्वमा गठन हुने मस्यौदा समितिमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बढु, डा. मिनेन्द्रप्रसाद रिजाल, नविन्द्रराज जोशी, प्रदीप पौडेल, आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, महलक्ष्मी उपाध्याय ‘डिना’, सीता गुरुङ, रमेश लेखक र फरमुल्लाह मन्सुर लाई चयन गर्ने निर्णय गरेको छ। 

केन्द्रीय कार्य समितिको गत १६ बैशाखको बैठकले महासमिति बैठक भदौ मसान्त भित्र गर्ने निर्णय गरेको थियो। तर भदौ सात गतेसम्म पनि महासमितिको स्थान र मिति तय नहुँदा महासमिति बैठक असोज तेश्रो साता सर्ने सम्भावना रहेको छ।

समितिमा रहने सदस्यहरुको नाम असन्तुष्ट नेता रामचन्द्र पौडेलले उपलब्ध नगराएकोले गठन हुन नसकेको संस्थापन पक्षको आरोप थियो। तर, नेता पौडेलले समितिमा बस्ने सदस्यको नाम उपलब्ध गराएको तीन सातापछि मस्यौदा समिति गठन गरेको हो।

मस्यौदा समितिमा रहेका सदस्यमध्ये बढु, रिजाल, जोशी र पौडेल पौडेलको सिफारिसमा सदस्य भएका हुन भने ढुंगाना, विश्वकर्मा, उपाध्याय र गुरुङ पार्टी सभापति देउवा निकटका हुन्। सभापति देउवाले असन्तुष्ट नेता पौडेलले समितिमा बस्ने केन्द्रीय सदस्यको नाम पठाउँदा समाबेशी सिद्धान्त नअपनाएको भन्दै गठनमा ढिलाइ गरेका थिए।

पदाधिकारीले गरेको सो निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गर्ने भएको हो। पदाधिकारीको बिहीबार बिहानदेखि बसेको बैठकले यस्तो निर्णय गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।