बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : कोरोना संक्रमित बढेसँगै अस्पतालहरुका बेडहरु भरिँदै

प्रदेश १ : कोरोना संक्रमित बढेसँगै अस्पतालहरुका बेडहरु भरिँदै

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार बढी छ। दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालका आईसीयू बेडहरु भरिँदै जान थालेका छन्। प्रदेशमा दैनिक ५ सय देखि १ हजारसम्म संक्रमित थपिने गरेका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, साउन २४, २०७८

विराटनगर- प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार बढी छ। दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालका आईसीयू बेडहरु भरिँदै जान थालेका छन्। प्रदेशमा दैनिक ५ सय देखि १ हजारसम्म संक्रमित थपिने गरेका छन्।

triton college

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दैनिक बिरामीको संख्या बढ्दै जान थालेको र आईसीयू बेडका लागि फोन आउने गरेको अस्पतालका फोकल पर्सन वैद्यनाथ साहले बताए। ९६ बेडको कोरोना अस्पतालमा २१ बेडको आईसीयू र १५ वटा भेन्टिलेटर भरिभराउ छ। दुई सातायता उपचारका लागि आउनेको संख्या बढिरहेको छ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालका आईसीयू बेड भरिएको छन्। २५ बेडको आईसीयूमा कुनै बेड खाली छैन। विराटले २०० बेडसम्मको कोभिड अस्पताल सञ्चालन गरेको थियो। संक्रमण नियन्त्रणउन्मुख हुँदै जाँदा बेड संख्या ६० मा झारिएको थियो। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार केही दिनयता आईसीयू आवश्यक पर्ने गम्भीर एवं जटिल अवस्थाका संक्रमित धेरै आउन थालेका छन्।

अस्पतालहरुमा गम्भीर बिरामीको चाप बढ्न थालेसँगै आईसीयूको अभाव खड्किएको छ। प्रदेश १ मा आइतबारसम्म आईसीयू बेडको संख्या १९४ रहेको छ। १३९ बेड अहिले प्रयोगमा छन्। ९३ वटा भेन्टिलेटरमा २९ भेन्टिलेटर प्रयोगमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले आईसीयू, भेन्टिलेटरमा राख्नु पर्ने बिरामीको संख्या बढ्दै गएको छ। प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि काम गरिरहेको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्। संक्रमण नियन्त्रणका लागि जिल्ला स्तरमा पनि काम भइरहेको उनले बताइन्। 

कोरोना संक्रमणको पछिल्लो अवस्थाले तेस्रो लहरको झल्को दिन थालेको जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा बताउँछन्। कमजोर नियन्त्रण कार्यशैली, जनस्वास्थ्य मापदण्डको उल्लंघन र अत्यधिक चहलपहल संक्रमण बढ्नुको मुख्य कारण रहेको उनले बताए। निषेध आदेश हटेपछि मास्क नलगाउने, सरसफाईमा ध्यान नदिने, सामाजिक दूरीको पालना नगर्ने, भेला, बैठक, सभा, जुलुस, भिडभाड गर्नेजस्ता गतिविधिले संक्रमण ह्वात्तै बढाएको उनको विश्लेषण छ। तेस्रो लहरको नजिक छौँ भनेर पुष्टि भइसकेको र निकट भविष्यमा यसअघिकै खराब अवस्था दोहोरिनसक्ने सुब्बाको चेतावनी छ। 

corrent noodles
Metro Mart

पछिल्ला दिनहरुमा बढेको संक्रमण दर कायमै रहे अस्पतालमा बेडको हाहाकार हुनसक्ने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाद दास बताउँछन्। दासका अनुसार स्वास्थ्य मन्त्रालयले नै असोजसम्ममा तेस्रो लहर आउनसक्ने अनुमान गरेकाले पनि परीक्षणको दायरा बढाएर उपचार प्रणालीलाई प्रभावकारी बनाउँदै संक्रमणलाई निस्तोज पार्नतर्फ लाग्नुको विकल्प छैन।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईका अनुसार प्रदेश १ मा साउन १ गतेयता २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। थपिएका नयाँ बिरामीको तुलनामा डिस्चार्ज हुनेको संख्या अत्यन्तै न्यून छ। यो अवधिमा उपचारपछि ८ हजार मात्रै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएको भट्टराईले बताए।  

प्रदेश १ मा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ८८ हजार ४१५ रहेको छ। संक्रमित भएका मध्ये ७९ हजार ४५० जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट मात्रै प्रदेश १ मा ज्यान गुमाउनेको संख्या १ हजार ६८२ रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्।

प्रकाशित: Aug 08, 2021| 19:17 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।