शुक्रबार, वैशाख १४, २०८१

वडाध्यक्षहरु भन्छन्, 'जनकपुरका मेयर तानाशाही भए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीप्रति वडा अध्यक्षहरु असन्तुष्ट देखिएका छन्। गलत कामको विरोध गर्दा प्रमुख साह व्यक्तिगत रिसिइवी साट्ने गरेको वडा अध्यक्षहरुको आरोप छ।

नगर प्रमुख साहको तानाशाही शैली र मनोमानीका कारण कामकाज कठिन बन्दै गएको बुधबार पत्रकार सम्मेलन गरेर वडाध्यक्षहरुले आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले मेयर साहको क्रियाकलाप भ्रष्टाचारतर्फ उद्त रहेको आरोप लगाए। पछिल्लो पटक मेयर साहले आफू प्रयोग गर्न डेढ करोडको गाडी खरिद गर्ने निर्णयको विरोधगर्दा केहि वडाध्यक्ष उनको निशानामा परेको वडाध्यक्ष परमेश्वरको आरोप छ।

‘चर्को मूल्यको गाडी खरिद गर्ने निर्णयको हामीले विरोध गर्‍यौं,’ परमेश्वरले भने,‘गाडी खरिद गर्ने निर्णयको विरोध गरेकै कारण मेयरले मापदण्ड विपरित मेरो घर तोड्न निर्देशन दिएका छन्।

आफ्नो विरोध गरे घर तोड्न लगाउने धम्की मेयरल यसअघि नै आफूलाई दिएका भन्दै वडाध्यक्ष परमेश्वरले भने,‘मेयरले दिएको धम्की अनुसारै मेरो घर तोड्न निर्देशन दिएका छन्।’

‘नगर क्षेत्रमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गत सडक विस्तारका लागि एक वर्ष पूर्व प्राविधिकहरुको टोलीले ६ इञ्च तोड्नुपर्ने भन्दै निशान लगाएका थिए,’ परमेश्वरले थपे,‘ तर एक वर्षपछि उपमहानगरपालिकाबाट खटेका प्राविधिकहरुको टोलीले साढे दुई फिट घर तोड्न भनेको छ।’

‘सडक विस्तारको क्रममा दुईतर्फबाट जग्गा लिनुपर्ने हुन्छ। तर मेयर साहले मेरो घर भत्काउने निर्देशनमात्र दिएका छन्,’ उनले प्रश्न गरे,‘जनप्रतिनिधिसँग यस्तो व्यवहार गर्ने मेयरले सर्वसाधारणसँग कस्तो व्यवहार गर्छन?’

मेयर साहले गत आर्थिक वर्षमा जानकी मन्दिर सौन्दर्यीकरण र व्यवस्थापनमा ४७ लाख खर्च भएको बिल फर्छयौट गरेका छन्। तर मन्दिरको अवस्था हेर्दा बढीमा तीनलाख खर्च गरेर अरु रकम भ्रष्टाचार भएको वडाध्यक्षहरुको दाबी छ।

‘सडक बत्ती खरिदमा ८३ लाखको बिल बनाइएको छ। तर, अहिले सडक बत्ती नभएर शहर अन्धकार हुन्छ,’ वडा नम्बर ५ का अध्यक्षले मनोज साहले भने,‘हामीलाई कुनै निर्णयकोबारे जानकारी छैन्। निर्णय प्रक्रियामा हामीलाई सहभागी गराइँदैन्।’

पछिल्लो दश महिनाको अवधिमा आफूहरुले मेयरबाट अपमान र हेलाबाहेक अरु केहि पाउन नसकेको उनीहरुको आरोप छ। निर्णयको विरोध गरेपनि बहुमतको दम्भमा मेयर साहले जर्बजस्ती निर्णयहरु लागू गर्दै आइरहेको वडा नम्बर २३ का अध्यक्ष शत्रुध्न पाण्डेयको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।