शुक्रबार, वैशाख ७, २०८१

ग्रीनटी मोटोपना घटनाउने अचुक औषधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बेली फ्याट र १०० क्यालोरी घटाउन ग्रीन टी र कागती दिनको दुई पटक प्रयोग गनुपर्छ । कयौं शताब्दीदेखि ग्रीनटीलाई तन्दुरुस्त र स्वस्थ बनाउनुका साथै मोटापना घटाउने उपायको रुपमा लिइन्छ ।

अनुसन्धान अनुसार पनि ग्रीनटीमा पाइने फ्ल्याभोनोइड्स र क्याफिनले मेटाबोलिजम बढाउने र फ्याट्लाई अझै छिटो घटाउन मद्दत गर्छ ।

दिनको दुई पटक यसको प्रयोग गर्नाले मोटापना छिटो घट्ने र स्वस्थ बनाउँछ । ग्रीनटी बिहान, दिउँसो र राति गरी तीन पटक प्रयोग गर्न सकिन्छ ।

मोटोपना विश्वको ठूलो समस्या बनेको छ । मुटुसम्बन्धि रोग, मधुमेह, उच्च रक्तचाप, निन्द्रामा श्वास फेर्न गाह्रो हुने जस्ता विभिन्न रोगहरु मोटोपनाका कारण लाग्ने गर्दछ ।

ग्रीनटीले मोटोपना घटाउनु बाहेक खानेकुराहरु राम्रोसँग पचाउनमा मद्दत गर्नुको साथै भोक पनि कम लाग्ने बनाउँछ ।

ग्रीन टि मा एन्टिअक्सिडेन्ट नामक एक तत्व पाइन्छ जुन हरियो सागपात र फलफूलमा भन्दा १० गुणा बढी हो । एन्टिअक्सिडेन्टले विभिन्न रोगहरुसँग लड्ने क्षमता वढाउनुका साथै गर्भवति महिलालाई पनि फाइदा पुर्‍याउँछ तर गर्भवती महिलाले क्याफिनयुक्त खानेकुरा प्रयोग गर्नु हुँदैन् । 

यसले शरीरलाई स्वस्थ, ताजा र उर्जा प्रधान गर्ने काम गर्दछ ।

ग्रीनटीको प्रयोग

मोटोपान घटाउने चक्करमा जतिबेला पनि ग्रीन टी मात्र पिइरहन मिल्दैन् । एक दिनमा तीन वा चार कपसम्म ग्रीनटी पिउनु स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । यो भन्दा वढी प्रयोग गर्नाले स्वास्थमा नकारात्मक असर पर्नसक्छ ।

कुन समयमा प्रयोग गर्ने 

बिहान, दिउँसो र साँझ गरी तीन पल्ट पिउन सकिन्छ । बिहान खाली पेटमा भन्दा पनि मन तातो पानी पिइसकेपछि मात्र ग्रीनटी पिउनु फाइदाजनक हुन्छ । र खाना खानु एक घण्टा अगाडी वा पछाडी प्रयोग गर्न सकिन्छ ।

ग्रीन टी अरु चिया जस्तो उमालेर खान मिल्दैन् । छुट्टै कपमा उमालेको पानी हालेर ग्रीनटी ब्यागको डुबाउने र महको प्रयोग पनि गर्न सकिन्छ । र चिनी र पुन अन्य चियापतिको प्रयोग गर्न पर्दैन् । 

तर ग्रीनटी कम रक्तचाप र गर्भवती महिलाहरुले प्रयोग गर्नु उपयुक्त हुदैँन् ।
 
     
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्