शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ६१ उद्योगमार्फत पौने २ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

६१ उद्योगमार्फत पौने २ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चालु आर्थिक वर्ष ०७५-७६ को पहिलो महिना २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) मुलुकमा भित्रिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागमा चालु आवको साउन भित्रमा दर्ता भएका ६१ उद्योगमार्फत उक्त प्रतिवद्धता आएको हो।

सबैभन्दा बढी भारतबाट

विभागको तथ्यांकअनुसार नेपालमा १७ मुलकबाट वैदेशिक लगानी प्रतिवद्धता आएको छ। जसमा सबैभन्दा बढी भारतबाट ५ उद्योगमार्फत ७३ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो। त्यसपछि चीनबाट ३० उद्योगमार्फत ६८ करोड रुपैयाँ, यूएसएबाट ५ उद्योगमार्फत १८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ।

सबैभन्दा बढी एफडीआई सेवा क्षेत्रमा 

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी सेवा क्षेत्रमा वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको हो। विभागमा दर्ता भएको २६ उद्योमार्फत ७७ करोड रुपैयाँ बराबरको वैदेशिक लागनी प्रतिवद्धता सेवा क्षेत्रमा आएको हो।
  
दोस्रोमा पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ। विभागमा दर्ता भएको २० पर्यटन क्षेत्रका उद्योगमार्फत ६१ करोड ७७ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो। त्यस्तै उत्पादनमुलक क्षेत्रमा ५३ करोड,  सूचना प्रविधि क्षेत्रमा ११ करोड ७९ लाख र सबैभन्दा कम कृषि तथा वन पैदावार क्षेत्रमा ४ करोड वैदेशिक लगानी प्रतिवद्धता साउन महिनामा आएको छ।

उक्त महिना आएको २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ लगानीप्रवद्धतमार्फत ६१ उद्योग सञ्चालन हुने र दुई हजार ३३९ जनाको रोजगार सृजना हुने विभागको भनाइ छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्