बुधबार, वैशाख १२, २०८१

५८ वर्षपछि माधुरी बनिन मधुबाला 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
माधुरी दिक्षितले नाचेको एउटा भिडियो यतिखेर भाइरल भएको छ । यस भिडियोमा उनले मुगल ए आजम (१९६०) को ‘मोहे पनघट पे नन्दलाल’ बोलको गीतमा डान्स गरेकी छिन् । खासमा यो भिडियो डान्स रियालिटी शो डान्स दिवानेको सेटको हो । जहाँ उनी जज छिन् । 

५८ वर्षपछि मधुबालाको फेमश गीतमा नाचेर देखाइन् । माधुरीको अदा र नजरअंदाजले भरिएको डान्सले पुरै सेट ताली र सिटिले गुन्जेको थियो ।
 
माधुरी दिक्षित कलंक फिल्ममा आउदै छिन् । यस फिल्ममा उनी लोहार मंडीमा रहने एक कथक ट्रेनरको भूमिकामा देखिदै छिन् । माधुरीसँगै संजय दत्त, वरुण धवन, आलिया भट्ट र आदित्य राय कपूर पनि छन् । 

माधुरीले नाचेको यस गीतको लागि ड्रेस बनाएका थिए मनिष मल्होत्राले । त्यसैगरी माधुरीलाई मधुबाला बनाउनमा मैन मिकीले मेकअपमा सहयोग गरेका थिए । 
डान्स दिवानेको रेट्रो थीममा यो स्पेशल शो १५ अगस्तको दिन पहिलो शूट भएको थियो । माधुरीले यसै सेटबाट आफ्ना केही फोटोहरू पनि ट्वीट गरेकी थिइन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्