मंगलबार, वैशाख ४, २०८१

डानी आल्भेस अर्थात् ट्रफी क्याबिनेटका एक्ला डन

ब्राजिली फुटबलका भेट्रान डिफेन्डर ड्यानी आल्भेसले अगस्ट ७ तारिखको साँझ आफ्नो आँखाबाट आँशु थाम्नै सकेनन्। उनी फुटबल मैदानमा निकैबेर रोइरहे।
 |  आइतबार, साउन २४, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, साउन २४, २०७८

काठमाडौं– ब्राजिली फुटबलका भेट्रान डिफेन्डर ड्यानी आल्भेसले अगस्ट ७ तारिखको साँझ आफ्नो आँखाबाट आँशु थाम्नै सकेनन्। उनी फुटबल मैदानमा निकैबेर रोइरहे। उनको आँखा छिचोलेर बाहिरिएको दुःखको आँशु भने थिएन। एउटा खेलाडीको लागि गर्व गर्न लायक पल थियो त्यो। किनकि उनले आफ्नो खेल जीवनमा ४३ औं उपाधि जितेका थिए।

triton college

त्यो उपाधिको हर्ष उनको आँखाबाट आँशुको रुप लिएर प्रस्फुटित भइरहेको देखिन्थ्यो। उनी हर्षविभोर बनेका थिए। जापानको योकोहामा रंगशालामा एउटा छुट्टै वातावरण सिर्जना भएको थियो त्यतिबेला। केहि दिनअघि कोपा अमेरिकाको उपाधि गुमाएको ब्राजिलको दुःखमा मल्हम लागाउने जित थियो त्यो।

भर्खरै मात्र, ९० मिनेटसम्म ब्राजिलले स्पेनसँग १–१ को बराबरीमा संघर्ष गरिरहेको थियो। कप्तानका हिसाबले अल्भेसले ल्याटिन अमेरिकी देश ब्राजिलको लिड गरिरहेका थिए।

खेलको पहिलो हाफमै रिचार्लिसनले पेनाल्टी मिस गरेपछि ब्राजिललाई दबाब थपिएको पक्कै थियो। त्यसमाथि उपाधि रक्षा गर्नुपर्ने अर्को जिम्मेवारी पनि थियो।

पहिलो हाफको अन्तिममा माथेअस कुन्हाले गोल गरेपछि मिलेको सान्त्वना पनि स्पेनका माइकल ओयरजबलले ६१ औं मिनेटमा हरण गरेका थिए। बराबरीको खेल १२० मिनेटसम्मका लागि लम्बिएपछि माल्कोमले ‘हिरोइक गोल’ गर्दै ब्राजिललाई जित दिलाएका थिए।

corrent noodles
Metro Mart

यसरी स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले लगातार दोस्रोपटक ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। र, त्यो टिमका कप्तान ड्यानी अल्भेसले ४३ औं उपाधि जितेका थिए। त्यसपछि ३८ वर्ष पूर्व बार्सिलोना र युभेन्टस स्टार आल्भेस रोएका थिए।

उनको २० वर्षे फुटबल यात्रामा उनी सर्वाधिक मेडल जित्ने खेलाडी बनेका छन्। उनी विश्वका सबैभन्दा श्रृंगारिक फुटबलरमा पर्छन्।

फुटबलभन्दा अघि आल्भेस

१९८३, मे महिनाको छैटौं दिन जन्मेका अल्भेसकी आमा गृहिणी थिइन् भने बाबु किसान। उनका पिता गोमिन्गोस अल्भेस डि सिल्वालाई पनि फुटबलको खुब सोख थियो।

खेल्ने सपना पुरा गर्न सकेनन्। तर जब अल्भेसा साना थिए उनका पिताले फुटबलबारे धेरै रंगीचंगी विचार उनको दिमागमा भरिदिएका थिए।

त्यो विचारले उनलाई यति उर्जा दिन्थ्यो कि उनी गाउँका अन्य केटाकेटीभन्दा फरक र भिन्न देखिन्थे। उनी शक्ति र उत्साहले जहिल्यै भरिन्थे।

उनी बच्चैदेखि बाबुसँग विहानको ४ बजे नै उठ्थे, फार्ममा सँगै जान्थे र काममा सघाउँथे। त्यो जुन ठाउँ उनको घरभन्दा ३० किमी टाढा थियो। उनी युवा अवस्थामै उनले आफ्नो सोखका लागि समय व्यवस्थापनमा निकै ध्यान दिन्थे र साथीसँग खेलमा रमाउँथे।

उनका पिता पनि सौखिन भएकाले बाबुले नै फुटबल टिमको व्यवस्थापन गरिदिन्थे। १० वर्षको उमेरमै उनले विंगरको रुपमा खेल्न सुरु गरे। तर गोल गर्न कहिल्यै सकेनन्।

त्यसैले उनका पिताले उनको स्थान परिवर्तन गरेर राइट ब्याक बनाए। त्इसपछि उनले जिवनभर त्यहि ठाउँबाट खेले। अर्कातिर उनी खेतमा उत्पादन भएका कृषिजन्य कुरा बेच्ने गर्दथे। जसले घरको गुजारा चल्थ्यो।

उनले सन् १९९६ मा ब्राजिलको जाउजिरो क्लबमा युथ करियर सुरु गरे। त्यसको २ बर्षपछि उनी बाहिया नामक क्लबमा पुगे। त्यही क्बलबाट उनले सन् २००१ देखि ००२ सम्म सिनियर टोलीबाट खेले। तर, त्यही समयमा उनलाई सेभियाले युरोपमा खेल्न प्रस्ताव गर्यो। त्यो प्रस्तावले उनको जिवन नै बदलियो। त्यसपछिका सबै कुरा उनको खेल जिवनले बताउँछ।

खेल जिवनबाहेक पारिवारिक जिवन र प्रेम जिवन पनि निकै रोमाञ्चक छ। उनले २००५ मा डेटिङ सुरु गरेकी डिनोरा सान्टनासँग २००८ मा विवाह गरेर २०११ मा सम्बन्ध विच्छेद गरेका थिए।

त्यो डिभोर्सको कारण के थियो, उनीहरुलाई मात्र थाहा छ। तर भनिन्छ उनले एकले एक नाइका थिसा कार्वाल्होलाई फ्लर्ट गरेर उनीहरुबीतको सम्बन्धमा दरार पौदा भएको थियो। 

यता डिभोर्सपछि पनि सान्टना आल्भेसको एजेन्ट रहिन्। उनी अल्भेसका धेरै कम्पनीमा सहकार्य गर्छन्। आफ्नो पूर्वपत्निबाट पनि पहिलेको जत्तिकै माया पाउने भाग्यमानीमा पर्छन आल्भेस।

तर अल्भेसले २०१७ मा विवाह गर्ने योजना बनाए। उनले १० वर्ष कान्छी स्पेनिस मोडेल जोहन सान्जसँग विवाह गरेका छन्। उनले स्पेनको एक आइल्यान्डमा गोप्य कार्यक्रमबीच विवाह गरेका थिए।

उनीहरुले इन्स्टाग्राममार्फत् विवाहको खबर सार्वजनिक गरेका थिए।

यस्ता छन् अल्भेसका ४३ उपाधि

४३ उपाधि जितेका अल्भेसको अघिपछि कुनै विशेषण आवश्यक छैन। त्यसैले त उनी फुटबल जगतका सबैभन्दा श्रृंगारिक खेलाडीका रुपमा पनि बयान गरिन्छ। व्यवसायिक जिवनतर्फ उनले सबैभन्दा पहिलो पटक २००२ मा कोपा डो नोडेस्टेको उपाधि जिते। त्यतिबेला उनी ब्राजिलको बाहिया क्लबमा दोस्रो सिजन विताइरहेका थिए।

त्यसपछि उनको यात्रा स्पेनतर्फ मोडियो। सेभियामा उनले पाँच सिजन खेले। त्यहाँबाट उनले एक कोपा डेल रे, एक सुपरकप डि स्पाना, दुई पटक यूईएफए कप र एक सुपर कप जिते।

पाँच वर्षपछि क्याटलोनियन क्लब पुगेका उनले बार्सिलोनाबाट आठ वर्षे यात्रामा ६ ला लिगा जिते, चार कोपा डेल रे, चार सुपर डि स्पाना, चार च्याम्पियन्स लिग, तीन सुपर कप र तीन फिफा क्लब विश्वकप जिते।

बार्सिलोनाबाटै उनले २४ उपाधि जितेका छन्। त्यो बार्सिलोनाको शीर्ष पाँच विजेताभित्र पर्छ। उनको उपाधि यात्रा बार्सिलोनामा मात्र रोकिएन। बार्सिलोना छोडेर इटालीको टुरिन पुगेका अल्भेसले त्यहाँ पनि उपाधि जिते।

उनले युभेन्टसबाट एक सिजनमै दुई उपाधि जिते। सिरी ए र कोपा इटालीया। इटालीबाट फ्रेन्च क्लब पीएसजी पुगेका उनले त्यहाँ दुई सिजन खेले र छ उपाधि जिते। दुई पटक लिग वान जिते भने फ्रान्स कप एक पटक जिते। त्यस्तै, एक कप डे ला लिग र दुई च्याम्पियन ट्रफी जिते।

युरोपियन फुटबलमा लामो समय विताएका अल्भेष एक दुई वर्षअघि अटलान्टिक महासागर तरेर घरेलु क्लबतर्फ लागेका थिए। अहिले उनी ब्राजली क्लब साउ पाउलोबाट खेलिरहेका छन्। र, त्यहाँबाट पनि एउटा उपाधि आफ्नो नाम गरिसकेका छन्।

व्यवसायिक मात्र नभएर एमेच्योर खेलमा पनि उनलको कम योगदान छैन। ब्राजिली टिमबाछ कोपा अमेरिकाको दुई उपाधि जितेका उनले दुई कन्फेडेरेसन कप पनि जितेका छन्।

र, उनले अहिलेसम्मको अन्तिम उपाधिका रुपमा गृष्मकालिन ओलम्पिक २०२० मा स्वर्ण जिते। यसले उनको ४३ उपाधिको गणित पुरा गरेको छ। अब उनको ट्रफी क्याविनेटमा विश्वकप मात्रै जोडिन बाँकी छ। उमेरका र प्रदर्शनका कारण अगामी बर्ष कतारमा हुने विश्वकपमा उनी खेल्छन् वा खेल्दैनन् टुंगो छैन। यदी उनी खेले र ब्राजिलले उपाधि जिते, त्यो उनका लागि अद्भुत् हुनेछ।

विश्वमा सर्वाधिक उपाधि जित्ने खेलाडी

आफ्नो करियलमा सबैभन्दा सफल हुन हरेकको सपना हुन्छ। त्यसमा सबै मानिस सफल हुँदैनन्। तर आल्भेस सफल मानिसहरुको लिस्टमा पर्छन्। उनी सबै खेलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको लिस्टमा छन्। आल्भेसको कुरा गर्दा विश्वको सर्वाधिक सफल विजेतालाई सम्झनु उपयुक्त हुन्छ।

ओलम्पिकका अल्भेस’ हुन माइकल फेल्पस। उनले ओलीम्पकमा सर्वाधिक २८ उपाधि जितेका छन्। उनीभन्दा सफल अर्को ओलम्पिक खेलाडी छैनन्। त्यस्तै, बास्केटबलका सर्वाधिक विजेता चाहिँ माइकल जोर्डन हुन्। उनले बास्केटबलमा अन्य खेलाडीले भन्दा धेरै उपाधि जिते।

पाँच पटकसम्म मस्ट भ्यालुएबल खेलाडी बनेका जोर्डनले ५ एनबीए च्याम्पियनसिप जितेका छन्। उनले १९९० को दशकमा जित्न सक्न सबै उपाधि जिते।

त्यस्तै, टेनिस स्टार सेरेना विलियम्स सर्वाधिक ग्राण्ड स्लम जित्ने खेलाडी हुन। उनले २३ उपाधि जितेकी छन्। त्यस्तै, उनले १४ डबल उपाधि पनि जितेकी छन्। आफ्नो खेलमा सर्वाधिक विजेता हुन् उनी।

त्यस्तै, ज्याक निकल्स गल्फका सर्वाधिक विजेता हुन्। उनले १८ मूख्य उपाधि जितेका छन्। उनले सबैभन्दा धेरै पीजीए च्याम्पियनसिप पनि जितेका छन्।

ब्राजिलको ओलम्पिक फाइनलसम्मको यात्रा

ब्राजिलले टोक्यो ओलम्पिकको समूह चरणमा ब्राजिलले साउदी अरेबिया र जर्मनीलाई हराएको थियो। तर उसले आइभोरी कोटसँग भने गोलरहित बराबरी खेलेको थियो। क्वार्टरफाइनल खेलमा इजिप्टलाई हराएको ब्राजिलले सेमिफाइनलमा मेक्सिकोविरुद्ध पेनाल्टीमा जित निकालेको थियो।

त्यस्तै फाइनल खेलमा स्पेनलाई हराउँदै ब्राजिलले स्वर्ण पदक जित्यो। जापानको योकोहामा रंगशालामा दर्शकविहिन रंगशालामा ब्राजिलले उपाधि रक्षा गरेको थियो।

२०१६ को रियो ओलम्पिकमा घरेलु मैदानमै स्वर्ण जितेको ब्राजिलले लगातार दोस्रोपटक स्वर्ण जितेको हो। त्यतिबेला उसले बलियो प्रतिद्वन्दी जर्मनीलाई हराएर उपाधि जितेको थियो।

त्यस्तै, २०१२ लन्डन ओलम्पिकमा पनि फाइनल पुगेको ब्राजिललाई हराउँदै मेक्सिकोले उपाधि जितेको थियो। त्यसयता उसले लगातार दुई उपाधि जित्यो।

रिचार्लिसनले पहिलो हाफको ३८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्न सकेका थिएनन्। उनी सुरुआति अग्रता बनाउनबाट चुकेका थिए।

खेलको पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले गोल गरेको थियो। ब्राजिका लागि ड्यानी अल्वेसले दिएको पासमा कुन्हा पहिलो हाफमा गोल गरेसँगै ऊ १–० गोलले अघि थियो।

तर दोस्रो हाफमा सानदार सुरुआत गरेको स्पेनले ६१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। स्पेनको गोलका लागि कार्लोस सोलरले पास उपलब्ध गरेका थिए।

त्यसपछिको समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त सययको १०६ औं मिनेटमा ब्राजिलका माल्कोम सिल्वाले गोल गरेपछि ब्राजिलले २–१ गोलको अग्रता बनाएको थियो। माल्कोमका लागि एन्थोनी सान्तोषले पास उपलब्ध गराएका थिए।

–द सन, मार्का र एफसीबार्सिलोना डटकमको सहयोगमा


प्रकाशित: Aug 08, 2021| 18:48 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।