शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रनगरमा तनाव : भीड नियन्त्रण गर्न ८ राउन्ड अश्रुग्यास प्रहार

महेन्द्रनगरमा तनाव : भीड नियन्त्रण गर्न ८ राउन्ड अश्रुग्यास प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटमा संलग्न भनी प्रहरीले सार्वजनिक गरेका व्यक्ति नक्कली पीडक रहेको भन्दै वास्तविक दोषी पत्ता लगाउन मागका साथ स्थानीयवासीले गरेको आन्दोलनका कारण मंगलबार महेन्द्रनगर तनावग्रस्त भएको छ।

प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय बासिन्दाले जिल्ला प्रशासन कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको अश्रुग्यास प्रहारपछि प्रशासन कार्यालय अगाडिको भीड तितरवितर भएको छ।

जिल्ला प्रहरीले सोमबार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त -१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलित भएका छन्। आन्दोलित सर्वसाधारणले मंगलबार सदरमुकाम महेन्द्रनगरसमेत बन्द गरेका छन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तका रूपमा विष्टलाई सोमवार सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई सोमबारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ। विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ । प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।