बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अखबारमा आज : देउवाविरुद्ध महागठबन्धन गर्ने कोइराला परिवारको तयारी

अखबारमा आज : देउवाविरुद्ध महागठबन्धन गर्ने कोइराला परिवारको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
राजधानीबाट मंगलबार प्रकाशित दैनिक पत्रिकाले पछिल्लो राजनीतिक घटनाक्रमसहित सामाजिक विषयवस्तु समेटिएका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । सबै पत्रिकाले पूर्वराजदूत केशव झाको हत्याको खबरलाई मुख्य पृष्ठमा अँटाएका छन् । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो, विमान खरिद सम्झौताको विवाद, संस्थानले आफ्नालाई मात्र पोस्ने गरेको प्रवृत्तिलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिका दैनिकले ‘देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार’ शीर्षकमा लखेकोको समाचारमा कोइराला परिवारबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती र बरिष्ठ नेता रामचन्द्र पौडेललाई संकट परेको, विराटनगरको कोइराला निवास पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाले नेतृत्वका लागि आफू शेखर कोइराला र सुजाता कोइरालामध्ये एक अघि बढ्ने बताएको, नेता रामचन्द्र पौडेलले नेतृत्वको विषयमा अहिले कुरा गर्ने बेला नभएको बताएको विषयलाई समेटिएको छ । 

राष्ट्रिय स्वास्थ्य ऐन, २०७५ को मस्यौदा तयार भएको, आधारभूत स्वास्थ्य सेवा नदिए ५० हजार क्षतिपूर्ति हुने, कालिमाटीको थोक बजारमा चार गुणाँ महँगो तरकारीलगायतका खबरलाई मुख्य पृष्ठमा छापेको छ । 

अन्नपूर्ण पोस्टले चीन र बंगलादेशसित उर्जा सम्झौता कार्यान्वयनको प्रक्रियामा पुगेको, असोजमा चीनसँग वार्ता गर्न काठमाडौंमा बैठक गर्ने प्रस्ताव गरिएको, नेपाल एयरलाइन्सको खरिद सम्झौता एकतर्फी भएको, सरकारी संस्थानहरुले आफ्नालाई मात्र पोस्ने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 

कान्तिपुर दैनिकले तरकारीमा पनि सिन्डिकेट लागेको अनुगमनकर्ता नै नियन्त्रणमा लिइएको, बारीबाटै तरकारी कब्जा गरिएको, गण्डकी प्रदेशले पनि हेल्लो मुख्यमन्त्री अभियान चलाएको, जुम्लामा एसबीबीएस कक्षा सञ्चालन गर्न तयारी थालिएको डोटीबासी पहिरो खस्दा खुसी भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।