शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्‍कारपछि हत्या: निर्मलाको साइकल फालिएकै ठाउँमा पक्राउ परे दिलीप

बलात्‍कारपछि हत्या: निर्मलाको साइकल फालिएकै ठाउँमा पक्राउ परे दिलीप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कञ्चनपुर- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २४ दिनमा ४१ वर्षीय दिलिप सिंह विष्ट पक्राउ परेका छन्। 

लामो अनुसन्धान र व्यापक स्थानीय दबाबपछि प्रहरीले हत्यामा संलग्न विष्टलार्इ आइतबार पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेटीले बताए। 

गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला भीमदत्त-१८ मा रहेकी साथी रोश्नी वमको घरमा गएकी थिइन्। साथीको घरमा गएकी निर्मला अर्को दिन  बलात्कारपछि हत्याको अवस्थामा उखुबारीमा शव भेटिएको थियो।

प्रहरीको अनुसन्धान टोलीले हत्यारा पत्ता लगाउन बलात्कार र कर्तव्य ज्यान मुद्दामा जेलबाट छुटेका अपराधीहरुको निगरानी गरिरहेको थियो। आइतबार राति घटनास्थलमा सादा पोसाकमा खटिएका प्रहरीले त्यही स्थानमा फेला पारेका थिए। निर्मलाको साईकल भेटिएको स्थानबाट करीब ५० मिटर पश्चिमतर्फ सडक किनारामा हातमा लठ्ठी लिएर अभियुक्त विष्ट उभिएका थिए। 

प्रहरीले उनलार्इ देखेपछि शंकास्पद लागेर सोधपुछ गर्दा भाग्न खोजेपछि प्रहरीले उनलार्इ नियन्त्रणमा लिएको थियो। विष्टले प घटना प्रहरीसँगको बयानमा आफ्नो अपराध स्वीकार गरिसकेको र विस्तृत अनसन्धान भइरहेको डिएसपी सेटीले बताए। 

विष्टलाई जबरजस्ती करणी र  कर्तव्य ज्यान मुद्दामा जिल्ला अद्दालत कन्चनपुरबाट म्याद थप भइ जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट केन्द्रिय अनुसन्धान व्युरोको समन्वयमा थप अनुसन्धान भैरहेको प्रवक्ता सेटीले बताए। 

को हो दिलीप? 

२०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरेको अभियोगमा दिलीपले ९ बर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेको थिए। जेलबाट छुट्‍ने क्रममा उनले सबैलाई मारेर जेल बस्छु बन्दै परिवारका सदस्यहरुलाई धम्काउने गरेको स्थानीयले प्रहरीलार्इ बताएका छन्। 

गाँजा र मादक पदार्थ सेवन गरी बाटोमा महिलाहरुलार्इ दुर्व्यवहार गर्ने र परिवारका महिलालाई पनि पटक-पटक बलात्कार प्रयास गर्ने गरेको बयानका क्रममा खुलेको छ। दैनिकजसो जिल्ला कारागारमा गएर भेटिएकाहरुसँग २०-३० रुपैयाँ माग्ने गरेको तथा नयाँ लुगा भएपनि नलगाउने र सधै पुरानो लुगाहरु मात्र लगाई झुत्रे भएर हिड्ने गरेको थिए। 

स्कुलमा राम्रो पढ्ने विद्यार्थीको रुपमा गनिने दिलिप कक्षा ९ मा पढ्ने बेलामा एक जना केटीसँग एकोहोरो प्रेममा परेका थिए। केटीलार्इ पटक-पटक बाटो छेकेर हैरान थालेपछि केटी पक्षका आफन्तले उनलार्इ कुटपिट गरी घाइते बनाएका थिए। टाउको गम्भीर चोट लागेपछि दिलिपले पढाइ छोडेका थिए। त्यसपछि नै उनले असामान्य व्यवहार देखाउँदै आएका थिए।

यो पनि पढ्नुहोस्

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आफन्तले बुझेनन, न्याय माग्दै सडकमा

निर्मलाको शव अस्पतालमै, सिआईबीको टोली कञ्चनपुर पुग्यो

चारदिनपछि भयो निर्मलाको दाहसंस्कार

संसदमा प्रश्‍न : बलात्कारपछि निर्मलाको ट्राउजर कसले पखाल्यो ?

निर्मला पन्त प्रकरण: 'हत्यामा संलग्नलार्इ चाँडै समात्छौं'

संसदमा प्रश्‍न : बलात्कारपछि निर्मलाको ट्राउजर कसले पखाल्यो ?

२४ दिनपछि निर्मला हत्यामा संलग्‍न एकजना पक्राउ 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।