बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दरबन्दी माग गर्दै बाल शिक्षकले गरे मुख्यमन्त्री कार्यालय घेराउ

दरबन्दी माग गर्दै बाल शिक्षकले गरे मुख्यमन्त्री कार्यालय घेराउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- लामो समयदेखि सामुदायिक विद्यालयमा कार्यरत बालविकास कार्यकर्ताहरुले दरबन्दीसहित विभिन्न माग राख्दै प्रदेश २ को मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। सप्तरीमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरु विभिन्न तीन बुँदे माग राख्दै सोमबार मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्।

१८ वर्षदेखि काम गर्दै आइरहेपनि पारिश्रमिक, सेवा सुविधा तथा स्थायित्वबाट बञ्चित गरिएको भन्दै मागको सम्बन्धमा जानकारी गराउन उनीहरुले सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन्।

बाल शिक्षक संघर्ष समितिले सामाजिका विकास मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा ऐन र नियम संशोधन गरी बालविकास सहयोगी कार्यकर्ताहरुका लागि दरबन्दी कायम गर्नुपर्ने, तलब भत्ता, महंगी भत्ता, पोशाक भत्ता अन्य शिक्षक कर्मचारी सरह उपलब्ध गराइनुपर्ने र शिक्षक कर्मचारी सरह नियुक्ति, सेवा सुविधा उपलब्ध हुनुपर्ने माग अगाडी बढाइएको छ।

सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ज्ञापनपत्र बुझ्दै उठाइएका मागहरु जायज रहेकोले समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक सुनिता चौधरीले बताइन्।

सप्तरीका विभिन्न विद्यालयमा कार्यरत बालविकास शिक्षकहरु चारवटा गाडी भाडा गरेर ज्ञापनपत्र बुझाउन जनकपुर पुगेका उनीहरुले ज्यालादारीमा काम गर्ने मजदुर भन्दा पनि कम पारिश्रमिक पाइरहेको गुनासो गरेका छन्। प्रदेश २ मा ३ हजार २ सय बालविकास शिक्षक कार्यरत रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।