शुक्रबार, वैशाख १४, २०८१

एसईईको नतिजामा परीक्षा बोर्डका अध्यक्ष नै असन्तुष्ट

आन्तरिक मूल्यांकनका आधारमा एसईई नतिजा प्रकाशित गरेकोमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष नै असन्तुष्टि जनाएका छन् ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– आन्तरिक मूल्यांकनका आधारमा एसईई नतिजा प्रकाशित गरेकोमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष नै असन्तुष्टि जनाएका छन् ।

triton college

शिक्षा मन्त्रालयको निर्देशनका आधारमा बोर्डले शनिबार नतिजा प्रकाशित गरेको थियो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने भन्दै असन्तुष्टि जनाएका हुन् । 

अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताएका हुन् । विद्यार्थीहरुमा पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनको भनाइ छ । 

अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताए। त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताए । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरेको भएपनि एमसीसीले मन्त्रालयमार्फत् परीक्षा हालका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उनले जानकारी दिए । 

यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेबाट हुने भनि तोकिएको थियो । गत वर्ष पनि कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 08, 2021| 17:50 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्