शनिबार, वैशाख ८, २०८१

शरद र वसन्त नेपाल बंगलादेश बैंकको ब्राण्ड एम्बेसडर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकर र बलर वसन्त रेग्मी नेपाल बंगलादेश बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्। नेपाल बंगलादेश बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी दुबैलाई दुई बर्षको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो।
 
ब्राण्ड एम्बेसडर बनेसंगै दुवै खेलाडीले बैंकले गर्ने बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनु पर्नेछ। बैंकको ब्राण्ड एम्बेसडर बनेपछि खेलकुद क्षेत्रमा राज्यले लगानी गर्न नसकिरहेको अवस्थामा बैंकले खेलाडीलाई लगानी गर्नु खुसीको कुरा रहेको शरदले बताए। 

यस्तै अर्का खोलाडी बसन्तले खेलाडीको हौशला बढाउने कार्य गरेकोमा बैंकलाई धन्यवाद दिदै यस्ता कार्यले नयाँ पुस्ताका खेलाडीमा उर्जा थपिने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बसन्त र शरदसंग सम्झौता पत्रमा हस्ताक्षर गरे। ब्राण्ड एम्बेसडरबापत शरद र बसन्तले पाउने रकम भने खुलाईएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्