काठमाडौं– आइएमई लाइफइन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोबार विधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ। कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सव मनाएको छ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए। चालु आर्थिक वर्ष २०७५-७६ मा समेत उल्लेख्य शाखा विस्तार गरि सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीवन बीमा व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए।
त्यसै गरि कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नविनतम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ। कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रकृयाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ।
व्यवसाय सुचारु भएको प्रथमवर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ। कम्पनीले यस आर्थिाक बर्ष २०७५-७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँचतथा सेवामा गुणात्मक देन दिने योजनातर्जुमा गरेको छ। कम्पनीले आर्थिक बर्ष २०७४-७५ मा रु. ५३.५० करोड बीमाशुल्क संकलनगर्न सफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४