बिहीबार, वैशाख ६, २०८१

दुर्गेशलाई बहिष्कार गर्ने निर्णयबाट पछि हट्यो लोकदोहोरी प्रतिष्ठान

पोहोर परार नाच्यौ दिदी रातो सारी उचालीयसपालीको तीज बरै ख्यास्स पुतली
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

पोहोर परार नाच्यौ दिदी रातो सारी उचाली

triton college

यसपालीको तीज बरै ख्यास्स पुतली

यो गीतमा राखिएको ‘ख्यास्स पुतली’ शब्दका कारण अघिल्लो साता राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको बैठकले गायक दुर्गेश थापालाई संस्थाका सदस्यसँग व्यावसायिक सहकार्य पनि गर्न नदिने गरि बहिष्कार गर्ने निर्णय गरेको थियो। 

तर, औपचारिक रुपमा सार्वजनिक गर्न नपाउँदै निर्णय विवादमा तानिएपछि प्रतिष्ठान अघिल्लो आइतबारको ‘माइन्यूट’बाट पछाडि हटेको छ। प्रतिष्ठानले अघिल्लो साता नै प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारीमा थियो तर चर्को आलोचना भएपछि प्रतिष्ठान दुर्गेशलाई बहिष्कार गर्ने निर्णयबाट पछि हटेको छ। 

आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रतिष्ठानले भनेको छ, ‘सामाजिक सञ्जालमा लेखिएजस्तो बहिष्कार होइन, सदस्यबाट बञ्चित गरिएको हो।’

corrent noodles
Metro Mart

अघिल्लो साता प्रतिष्ठानका उपमहासचिव एवम् विकृति विसंगति न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले दुर्गेशलाई यो गीतमा प्रयोग गरिएको शब्द ‘ख्यास्स पुतली’ शब्दकै कारण बहिष्कार गर्ने निर्णय गरिएको बताएका थिए। उनले नेपाल समयसँग भनेका थिए, ‘यो हाम्रो आमा दिदी बहिनीका अगाडि सुन्न सकिने या गाउन सकिने गीत होइन। ‘हामीले दुर्गेशजीलाई यो गीत रिलिज गर्नुअघि नगर्न भनेर सम्झायौँ। तर, उहाँले संस्था नै मान्दिनँ भनेर हिँड्नुभयो। त्यसैले हामीले पनि उहाँले नमान्ने भनेर बहिष्कारको निर्णयमा पुगेका हौँ।’

हमालले त्यतिबेला उनलाई आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानमा आबद्ध कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने र प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई मेला–महोत्सवमा नबोलाउन आग्रह गर्ने निर्णय भएको बताएका थिए। 

तर, आज हमालले नै हस्ताक्षर गरेको विज्ञप्तीमा सदस्यता खारेजबाहेक अन्य निर्णय समावेश छैनन्। दुर्गेशलाई ‘ख्यास्स पुतली’ शब्द संशोधन गर्न लिखित अनुरोध गर्दा पूरै बेवास्ता गरेका र संस्थासँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएकाले संस्थाको विधान बमोजिम साधारण सदस्य पनि नरहने गरि उनको सदस्यता खारेज गर्ने निर्णय गरिएको उल्लेख छ। 

‘संस्थाले आफूलाई अदालत ठानेर बहिष्कार गर्यो भन्दै चौतर्फी आलोचना भएपछि हामी हाम्रो पुरानो निर्णयबाट पछाडि हट्न बाध्य भयौँ,’ बैठकमा सहभागी दोहोरी प्रतिष्ठानका एक पदाधिकारीले बताए। 

यद्यपी एउटा गीतकै कारण सदस्यबाट हटाउने निर्णयचाहिँ सहि हो त? प्रतिष्ठानको विज्ञप्ती आएपछि यो पनि अहिले बहसको विषय बनेको छ।

यसअघि प्रतिष्ठानले दुर्गेशलाई बहिष्कार गर्ने निर्णयको सुइँको पाएपछि नेपाल समयले त्यसको आलोचनामा ‘कसले दियो दोहोरी प्रतिष्ठानलाई दुर्गेश बहिष्कार गर्ने अधिकार?’ शिर्षकमा स्टोरीसमेत लेखेको थियो। त्यसपछि सार्वजनिक हुने तयारीमा रहेको प्रतिष्ठानको निर्णयको विज्ञप्ति नै रोकिएको थियो। त्यही विज्ञप्ति निर्णयको एक सातापछि सच्चिएर सार्वजनिक भएको हो।



प्रकाशित: Aug 08, 2021| 17:42 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।