शनिबार, वैशाख ८, २०८१

आजका अखबार : मधेसलाई फकाउँदै ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले प्रधानमन्त्री केपी ओलीले प्रदेश २ मा गरेको सम्बोधनलाई मुख्य समाचार बनाएका छन् भने कसैले तीन तहका सरकारबीचको विवाद मिलाउने निकाय नबनेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

मधेसप्रति कठोर मानिने प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्दै आफू मधेस विरोधी नभएको दावी गरेका छन् । उसले सम्बोधनका क्रममा विभिन्न विकास आयोजनाको आश्वासन बाड्नेदेखि संविधान संसोधनकै विषयमा पनि लचकता देखाएर मधेसलाई फकाउन खोजेको आजका पत्रपत्रिकाले लेखेका छन् । 

नागरिक दैनिकले 'म मधेसविरोधी होइन' शीर्षकमा उनको खबर लेखको छ भने कान्तिपुरले 'संविधान धर्मशास्त्र होइन' शीर्षकमा समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिका दैनिकले पनि 'प्रदेश २ सभामा प्रधानमन्त्रीको सम्बोधन : संविधान धर्मशास्त्र होइन, संसोधन हुन्छ' शीर्षकमा खबर छापेको छ । 

आजको कान्तिपुरले केन्द्र प्रदेश र स्थानीय तहबीच राजस्वलगायत विषयमा विवाद सुरु भइसके पनि समाधानका लागि संविधानले तोकेका संरचनालाई सरकारले वेवास्ता गरेको खबर लेखेको छ ।

सरकारले यस्तो संरचना बनाउनको साटो संविधानले परिकल्पना गरेको संरचनाबाहिर गएर सचिवस्तरीय कार्यदल वा समिति बनाउन थालेको छ । अहिलेसम्म वित्त आयोग बनेको छैन् भने अन्तर प्रदेश परिषद्को बैठक अहिलेसम्म बोलाइएको छैन् । प्रदेश समन्व्य परिषद्को बैठक पनि अहिलेसम्म बस्न नसकेको कान्तिपुरले उल्लेख गरेको छ । 

नागरिक दैनिकले भने अब्बल स्थानीय सरकार शीर्षकमा मुख्य खबर छापेको छ । केहि नगरपालिकाले शिक्षा, सामाजिक सुरक्षा, खानेपानी, सडक, विद्युत, कृषिलगायत क्षेत्रमा गरेको सुधारका कामबाट नागरिक आशावादी देखिएको उसले लेखेको छ । 

आजको नयाँ पत्रिका दैनिकले भने पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा शीर्षकमा मुख्य समाचार छापेको छ । नेपाल आयल निगमलाई १५ दिनमा एलपी ग्यासमा साढे ३३ करोड, डिजेलमा १६ करोड र पेट्रोलमा ३३ लाख घाटा भएको समाचारमा जनाइएको छ ।

सबैभन्दा गरिब र उपेक्षितले प्रयोग गर्ने मट्टितेलबाट भने निगमले नाफा कमाएको उसले उल्लेख गरेको छ । इन्धन किन्दा एक वर्षमा नेपालबाट १५२ अर्ब रुपैयाँ भारत जाने गरेको र सरकारले भने जम्मा ५५ अर्ब रुपैयाँ उठाउने गरेको नयाँ पत्रिकाले खबर लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।