बिहीबार, वैशाख १३, २०८१

दिपावली गरी संहिताको स्वागत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- भदौं १ गतेदेखी लागु हुनेगरी आएको देवानी तथा अपराध संहिता २०७४ को रुपन्देहीमा दिपावली गरि स्वागत गरिएको छ । 

संहिताको विषयमा चर्चा परिचर्चा र टिका टिप्पणी भईरहेको बेला जिल्ला सरकारी वकिल कार्यलय रुपन्देहीको आयोजनामा भैरहवामा जिल्लाका न्यायाधीस, वकिलहरु, पत्रकार , प्रहरी अधिकृतले संयुक्त रुपमा दिपावली गरेर स्वागत गरेका हुन्। 

दिपावली गर्नु अघि संहितामा उल्लेखीत महत्वपुर्ण विषयको बारेमा जिल्ला न्यायाधिवक्ता कोषहरी निरौलाले विषयवस्तुको बारेमा प्रकाश पारेका थिए भने सो बारेमा सहभागीले आ आफ्ना धारणा राखेका थिए । 

यसैबीच जिल्ला अदालतले पनि एक समारोहको आयोजना गरी देवानी तथा फौजदारी संहिताको कार्यान्वयन थालनी गरेको हो। संहिता कार्यान्वयन कार्यक्रममा बोल्दै जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायधीश नरिश्वर भण्डारीले लामो इतिहासपछि मुलुक कानूनी रुपमा नयाँ चरणमा प्रवेश गरेको बताए।

‘हालसम्म प्रचलनमा रहेका विभिन्न ऐन संग्रह र नियम संग्रहका स्वरुप पनि संहिताकरणकै अभ्यास हुन्। तर नेपालको कानून प्रणालीमा विस्तृत, व्यवस्थित र एकीत्रित संहिताको खोजी भइरहेको थियो, त्यो अब पुरा भएको छ।’
 
उनले ऐनका नामले संहिताको स्पष्ट पहिचान दिन नसके पनि ती भित्र रहेका विषयवस्तु र संरचनाले संहिताकै स्वरुप ग्रहण गरेको दाबी गरे। यी संहिता जारी भएपछि यसअघिका मुलुकी ऐन र अन्य केही विषयगत ऐनहरुमा रहेका परनिर्भरता अन्त्य हुने अदालतको विश्वास छ ।

अदालतले संहिताको कार्यान्वयनका लागि न्यायधीश, कानून व्यवसायी, कर्मचारी र अनुसन्धानमा संलग्न प्रहरीलाई प्रशिक्षण दिइसकेको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।