शुक्रबार, वैशाख १४, २०८१

धनगढी उपमहानगरले घटायो कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी-कर बढाएको भन्दै चौतर्फी आलोचना भईरहेको धनगढी उप-महानगरपालिकाले एकीकृत सम्पती कर २८ प्रतिशत सम्मले घटाएको छ ।

हाल सम्म लगाइएको कर अवैज्ञानिक भएको भन्दै धनगढी उप-महानगरपालिकाकाले चालु आर्थिक बर्षमा २५ देखि २८ प्रतिशत सम्म एकीकृत सम्पतिकर घटाएको छ । उप-महानगरपालिका प्रमुख नृपबहादुर वडले आफूहरु निर्वाचित भएर आउनेबित्तिकै पहिलो नगरसभाबाट १५ प्रतिशत एकीकृत सम्पती कर घटाएको बताए । 

यस पटक तेश्रो नगरसभाले १० देखि १३ प्रतिशतको हाराहारीमा एकीकृत सम्पती कर घटाईएको उनले जानकारी दिए । एकीकृत सम्पती कर घटाउदा जग्गाको मुल्यांकनलाई आधार बनाको भन्दै वले आफुहरुले करको दरलाई नभएर दायरा फराकिलो बनाउन खोजेको स्पस्ट पारे । 

त्यसैगरी धनगढी उप-महानगरपालिकाले मदिरावाहेक अन्य सेवा तथा बस्तुहरुमा कर बढाएको छैन । प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले आर्थिक बर्ष २०७४/०७५ मा तोकिएको करलाई नै यस पटक यथावत राखिएको बताए । उनले भने,‘अहिले तोकिएको करलाई नै ब्यबस्थित तरीकाले उठाउन सकेमा नगरले कर बढाउन पर्दैन ।’ 

‘जनतालाई मार नपर्ने गरि कर लगाउने गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत सुनारले भने,‘अन्यत्र बढाएको करलाई हेरेर धनगढी उप-महानगरपालीकाले कर बढायो भनेर भ्रम फैलाउने काम भैरहेको छ।’

‘केहि करहरु हिजो देखि लिईदै आएका थिए तिनलाई निरन्तरता दिदा नयाँ बस्तु र सेवामा कर लगायो भन्ने हल्ला बाहिर आएको छ’ उनले भने,‘ हामीले कर घटाएको कुरा बाहिर आएन । धनगढी उप-महानगरपालीकाले भारतबाट आउने खसी, भैसी, अन्डा तथा कुकुरामा कर लगाए हो।’

उपमहानगरपालिकाले नागरिकता बनाउने अनुसूची फाराम निःशुल्क दिन सुरु गरेको छ । कुनै नगरवासीले नागरिकता बनाउनका लागि अनुसूची फारम किन्न पर्दैन । यस अघि एउटा फारामलाई २५ रुपियाँ पर्ने गर्दथ्र्यो । यस्तै नगरका बासिन्दालाई आवश्यक पर्ने रगत समेत निशुल्क उपलब्ध गराउन थालेको छ । 

यसका लागि जिल्ला रेडक्रम शाखा कैलालीको रक्त संचार केन्द्र संग समन्वय गरिएको समाजिक विकास अधिकृत टंक बिष्टले बताए । उनले भने,‘नगरका कुनैपनि बिरामीलाई रगतको अभाव नहोस भनेर यो निर्णय गरिएको हो । रगत लिनका लागि बिरामीले चिकित्सकको रिपोट लिएर नगरपालिकामा आउनुपर्छ सामाजिक विकास अधिकृत बिष्टले भने,‘नगरपालिकाको सिफारिसमा रक्त संचारक केन्द्रले रगत उपलब्ध गराउँछ । 

धनगढी उप-महानगरपालिकाले एकिकृत सम्पतीकर घटाउँदा आफुहरुलाई ठूलो राहत मिलेको धनगढीका डेजी पाण्डेयले बताए । आफूले जग्गाको कर गत बर्षको भन्दा कम तिरेको उनले सुनाए । धनगढी उप-महानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचनाहरु भत्काउने घरधनीलाई प्रोत्साहित गर्नका लागि त्यस्ता घरधनीको नक्सा पास निशुल्क गर्ने, करछुट गर्ने र सार्वजनिक कार्यक्रममा सम्मान गर्ने नीति लिएको जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।