बिहीबार, वैशाख १३, २०८१

वर्षाले घर भत्कियो, एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी-शुक्रबाररातिदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा बाजुरामा एक महिलाको ज्यान गएको छ । 

बुढीगंगा नगरपालिका १ कुडी बस्ने नन्दे करीकी ४५ वर्षीया श्रीमती कला करीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षाको कारणले घर माथिबाट पहिरो आउँदा घर भत्किएको हो । पहिरोमा लुगाकपडा र अन्नपात लगायका सामानहरु पुरिएको प्रहरीले जानकारी दिएको छ । सामान के कति क्षति भयो त्यसको एकिन आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै बुढीगंगा नगरपालिका मुसी बस्ने चन्द्र रावतको गाई गोठ पहिराले बगाएको छ । पहिरोले बगाउदा चन्द्र रावतकी आमा घाईते भएको र दुई गाई, १० बाख्रा एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

शुक्रबारकै अविरल वर्षाका कारण बुढीनन्नदा नगरपालिका १ पिपलडालीका १४ घर परिवार घर माथिबाट पहिरो बग्न थालेपछि खुला चौरमा बस्न थालेका छन् । लगाताको वर्षका कारण जिल्लाका अन्य स्थानीय तहहरुमा पनि क्षेती भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयले बताएको छ। 

बाजुराका अन्य ठाउँमा पनि बाढी पहिरोबाट क्षति भएको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी चेतराज बरालले गरेका छन् । सञ्चारको अभावका कारणले खबर आउन नसकेको उनले अनुमान गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।