शुक्रबार, वैशाख ७, २०८१

झोरमा झरनाको झंकार  (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चक्रपथको सामाखुशीबाट नौ किलोमिटर टाढा पर्छ, झोर महांकाल। झोर नगरपालिकामा पर्ने यो स्थान बौडेश्वर झरनाका कारण पनि प्रख्यात छ, उपत्यकावासी माझ।

यो ठाउँ काठमाडौं र नुवाकोटको ठ्याक्कै बोर्डर हो। धार्मिक र पर्यटकीय दुवै कोणबाट प्रख्यात छ यो। झरना नजिकै पर्छ, बौडेश्वर महादेव मन्दिर। भरखरै सकिएको साउन महिनाभर मन्दिरमा दर्शनार्थीको भीड थियो। वर्षा शुरु भएसँगै झरनामा पानीको बहाव बढ्छ।


काठमाडौंको धुलो, धुवाँबाट वाक्क भएका शहरवासी केहीबेर भए पनि झरनामा छङछङ बग्ने पानी नजिक पुगेर आनन्दित हुन मन पराउँछन्। असारदेखि असोजसम्म झरनामा पानीको बहाव बढी हुन्छ। सुख्खायाममा भने सुक्छ।

डा बाबुराम भट्टरार्इले प्रधानमन्त्री बनेपछि गाउँ, बस्तिमा पुगेर रात बिताउने अभियान नै चलाएका थिए। त्यसमा झोर महांकाल पनि परेको थियो। करिब आठ किमि पक्की सडक जोडिएको छ। त्यसभन्दा माथि भने कच्ची सडक मात्र पुगेको छ। झोर हुँदै नुवाकोट छोटो दूरीमा पुग्न सकिन्छ।







तस्बिर/भिडियो : सन्ध्या श्रेष्ठ/नेपाल समय
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।