बुधबार, वैशाख १२, २०८१

आजका छापा : करछलीमा अहिलेसम्मकै ठूलो मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
शनिबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकारले शुक्रबारदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निधारण तथा कार्यान्वयन) ऐन २०७४ कार्यान्वयनमा आएको, यही संहिताका विषयमा उठेका सवाल, पहिलेको मुलुकी ऐन र अहिले जारी भएको संहितालगायतका विषय, करछलीमा अहिलेसम्मकै ठूलो मुद्दा दायरभएको विषयलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिका दैनिकले नेपालको एसियाड यात्रालाई प्राथमिकतामा छापेको छ । २९ खेलमा सहभागी हुने नेपाललाई पाँच खेलबाट पदकको आशा गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ । तेक्वान्दो, कराते, जुडो, बक्सिङ र प्याराग्लाइडिङबाट नेपालले पदक हात पार्ने अपेक्षा गरिएको छ । अहिलेसम्म नेपालले २३ पदक हात पारेको छ । 

२९ खेलमा नेपालका १८५ खेलाडी सहभागी हुनेछन् । नेपालको झन्डा कमलबहादुर अधिकारीले बोक्ने, एसियाडको तयारी तथा सहभागिताका लागि सात करोड माग गरिएकोमा पाँच करोड मात्र निकासा भएको छ । राखेपका सदस्यसचिव केशव विष्टले यसपटक एसियाडमा नेपालले पदकको संख्या बढाउने आशा राखेको कुरा बताएका छन् । 

त्यस्तै कर छलीमा अहिलेसम्मकै ठूलो मुद्दाको समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । राजश्व अनुसन्धान विभागले अदालतमा दर्ताै गरेको मुद्दामा दुई अर्ब ७२ करोड असुली र तीन वर्ष कैदको माग गरिएको छ । 

करको समस्या समाधान गर्न दुई समिति गठन गरिएको र करको समस्या छिट्टै समाधान हुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाईलाई नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले छलीको छानबिन शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । सरकारले करिब आधा दर्जन घटनामा पाँच अर्ब २२ करोड रुपैयाँ राजश्व छली भएको दाबी सहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

कान्तिपुरमा प्रकाशित समाचार अनुसार विनोद गुप्ता र मधु गुप्ताले दुई अर्ब ७२ करोड आयकर छली गरेको, विनोद गुप्तासहित २२ जनाले १० करोड २० लाखबढीको नक्कली विजक पेश गरेको, दीपक मौर्य, तेञ्जिङ तामाङसहित नौ जनाले ५० करोड ५५ लाखबढीको सुनचोरी पैठारी गरेकोलगायत अन्य भन्सार छली, राजश्व चुहावटमा दोषी देखिएकालाई अदालतमा मुद्दा दर्ता गराइएको छ ।

त्यस्तै जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा ल्याइएको त्यो मुलुकी ऐन र अहिले जारी भएको संहिताका विषयको समाचार कान्तिपुरको मुख्य पृष्ठमा छ ।

नागरिक दैनिकले गरिबी र नियतिले ठगिएकी पार्वतीको जिन्दगीको कथालाई कभर स्टोरी बनाएर प्रस्तुत गरेको छ । दोलखाको वैत्येश्वर गाउँपालिका ६ नाम्दुकी पार्वती घिमिरेलाई पुर्ननिर्माणका क्रममा प्राधिकरणले ठगेको र भूकम्पकै कारण बिरामी परेका श्रीमानको उपचार गर्न नसकेको पार्वतीको कारुणिक कथा छ । 

त्यस्तै प्रेस काउन्सिल कार्यक्षेत्र बाहिर गएको, नागरिक र अन्नपूर्णका सम्पादकमाथि केरकार गरिएको, प्रेस सम्बन्धि प्रावधान सच्याउन माग गरिएको खबरलाई पहिलो पृष्ठमा छापिएको छ । 

त्यसैगरी सिक्टासिँचाई आयोजना कम प्रभावकारी हुनुको कारणबारेको समाचारलाई पनि नागरिकले मुख्य रुपमा छापेको छ । सिक्टा सिँचाई आयोजनालाई अनिमितता भएको तथ्यलाई रिपोर्टकै रुपमा प्रस्तुत गरिएको छ । मुल नहर खन्दा निस्किएको माटो, ढुंगा, गिट्टीजस्ता निर्माण सामग्री ठेकेदारले अवैध ढंगले अन्यन्त्र लष्ेका कारण पनि सिक्टाको नहर कमजोर बन्न पुगेको निष्कर्ष निस्किएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।