शुक्रबार, वैशाख ७, २०८१

आइएमई लाइफ र ग्लोबल आइएमईबीच बैंकास्योरेन्स सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त बैंकास्योरेन्स सम्झौता माइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गरेका छन्। 

सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदानगर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ। कम्पनीले सामान्य सर्वाधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता सहितको आजिवनलगायतका बीमा योजनाहरू ल्याएको छ।

इएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्