धनगढी- बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमूना माविको प्राविधिक भवनभित्र शंकास्पद वस्तु राखेको भेटिएको छ।
विद्यालयमा टीएसएलसी र प्राविधिकतर्फ ओभरसियर तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। विद्यार्थीहरूलाई तर्साउन शंकास्पद वस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार राति त्यो शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ। तर, कसले राखेको हो भन्ने खुलेको छैन। विद्यालय आसपासमा प्रहरीले सुरक्षा कडा बनाएको छ।
बम निस्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको डीएसपी सागर बोहराले बताए। परीक्षार्थी त्रासपूर्ण वातावरणमा परीक्षा दिइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४