बिहीबार, वैशाख १३, २०८१

आजबाट धुवाँ फाल्ने गाडी चलाए जफत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शुक्रबारबाट देशभरका महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने सवारी साधान चलाउन निषेध गरिएको छ । गत फागुन १० मा सरकारले गरेको निर्णयअनुसार शुक्रबार (आज) बाट प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो । 

सरकारले २०७५ बैशाख १ गतेबाटै यो नियम लागु गर्ने निर्णय गरेपनि प्रदूषण परीक्षण गर्ने मेसिन आपूर्तिमा ढिलाइ भएपछि भदौ १ गतेबाट यो नियम लागू गरिएको हो ।

डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा शुक्रबारदेखि कडाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।  ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले धुवाँ फाल्ने सवारीसाधनलाई शुक्रबारदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ । 

उपत्यकाको नागढुंगा, बल्खु, टेकु, एकान्तकुना ठूलो भर्‍याङ र सल्लाघारीमा प्रदूषण मापन गरिँदै आएको छ । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।