बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्दा राजपाले विरोध गर्ने

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्दा राजपाले विरोध गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओली २ भाद्र (शनिबार) जनकपुर आउँदैछन् । ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभामा सम्बोधन गर्ने भएपछि २९ साउनमा बोलाइएको बैठक स्थगित गरेर सरकार र प्रदेशसभा उनको स्वागतमा जुटेको छ ।

मधेशमा आन्दोलन चलि रहँदासमेत तत्कालीन नेकपाका अध्यक्ष ओली जनकपुर पुग्ने इच्छा व्यक्त नगरेका होइनन् । जनकपुर पुग्न पटकपटक कार्यक्रम बनाए पनि उनी जनकपुर पुग्न सकेनन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री जनकपुर भ्रमणमा आएको बेला प्रधानमन्त्री ओली जनकपुर त पुगे तर उनको त्यो भ्रमण जानकी मन्दिरसम्म मात्र सीमित रह्यो । उनी अभिनन्दनस्थल रंगभूमि मैदान पुगेनन् । 

त्यसपछि एक कार्यक्रममा सहभागी हुन् गत असारमा उनको जनकपुर भ्रमण तय भयो । तर, मौसमको खराबी देखाउँदै अन्तिम समयमा उनको जनकपुर भ्रमण रद्द भयो ।

ओलीको जनकपुर पुग्ने कार्यक्रम तय भएको जानकारी पाउनासाथ विरोधका स्वरहरु उठ्ने गरेको छ । र, यसको प्रमुख कारण हो मधेश आन्दोलन चलिरहँदा पटकपटक उनले दिएका तिक्त टिप्पणीहरु । यसबाहेक मधेश आन्दोलनकै बीचमा तत्कालीन एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत सप्तरी पुग्ने हठका कारण मलेठमा ठुलै घट्ना निम्त्यायो । र, त्यो घटनामा प्रहरीले गोली चलाउँदा पाँचजनाले ज्यान गुमाउनु पर्‍यो । 

प्रधानमन्त्री ओलीको अब प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । तर, प्रदेशसभामा उनको सम्बोधन गर्ने कार्यक्रमबाट प्रदेश २ सरकारमा सहभागी राजपाका स्थानीय नेताहरु असन्तुष्ट देखिएका छन् । र, प्रधानमन्त्री ओली प्रदेशसभामा सम्बोधन गर्ने निर्णयमा आफूहरुको कुनै संलग्नता नरहेको भन्दै सम्पूर्ण दोष प्रदेश सरकारमाथि थुपारेका छन्, राजपाका स्थानीय नेतृत्वपंक्तिले ।

पार्टी पंक्ति सहमत नभएपनि सरकारमा सहभागी भएकाले निर्णयको विरोध गर्न सक्ने अवस्थामा नरहेको राजपाका एक नेताले बताए । ‘पार्टी पंक्ति अन्तआत्माले खुशी छैन, विरोध गर्न सरकार नै छोड्नु पर्ने वाध्यता छ,’ उनले बताए ।

प्रदेश सरकारमा सहभागी मन्त्रीहरु केहि नबोलेपनि आफूहरु विरोध गर्ने राजपाका जिल्ला कोषाध्यक्ष रामविनोद चौधरीले बताए । मधेश आन्दोलनको बेला मधेशप्रति उनले गरेको विषवमन अझै ताजा रहेको बताउँदै चौधरीले भने,‘मधेश आन्दोलनप्रति उहाँले दिनु भएको नाकारात्मक प्रतिक्रियाहरु हामी बिर्सन सकेका छैनौँ । कसरी स्वागत गर्ने ? हामी विरोध गछौँ ।’ ‘सुरक्षा व्यवस्था कडा हुन्छ, हामीलाई थाह छ । तर प्रदेशसभा भवनकै अगाडी पुगेर भएपनि विरोधमा उत्रन्छौँ,’ चौधरीले थपे,‘उहाँले दिनु भएका नकारात्मक टिप्पणीहरुले मधेश आन्दोलन उग्र बनाउन थप मलजल गर्‍यो ।’

सत्ताधारी दल राजपा नै असन्तुष्ट भएपछि प्रधानमन्त्री ओलीको जनकपुर भ्रमण त्यति धेरै सहज नहुने अनुमान स्थानीयहरुले गर्न थालेका छन् ।      
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।