मंगलबार, वैशाख ४, २०८१

भारतका पूर्व क्रिकेट कप्तान वाडेकरको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारतका पूर्व क्रिकेट कप्तान तथा प्रशिक्षक अजीत वाडेकरको निधन भएको छ। ७७ वर्षीय वाडेकरको मुम्बईस्थित जसलोक अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका  निधन भएको हो ।

उनी लामो समयदेखि विभिन्न रोगको शिकार भएका थिए । पछिल्लो उनको छाति र पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी सफल भारतीय कप्तानमध्येका एक मानिन्छन् ।  

वाडेकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । यस्तै भारतीय क्रिकेट टिमका वर्तमान प्रशिक्षक तथा पूर्व क्रिकेटर रवि शास्त्रीले शोक व्यक्त गर्दै वाडेकरको निधन भारतीय क्रिकेटका लागि दुःखद रहेको उनले बताएका छन् । 

सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका वाडेकरले कुल ३७ टेस्ट क्रिकेटमा २००० भन्दा धेरै रन बनाएका थिए । भारतीय टिमले इंग्ल्याण्डलाई उसकै मैदानमा पहिलोपटक सन् १९७१ मा हराएको बेला वाडेकर टिमका कप्तान थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।