मंगलबार, वैशाख ११, २०८१

स्कुलको पानी ट्याङ्कीमा कसले फाल्यो विष ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- श्री माध्यमिक विद्यालय उत्तरी मोरङको लेटाङ-९ मा पर्छ । विद्यालयको खेलमैदानको दाँया साइडमा बिद्यालयको जोखिम तथा सुरक्षित बहिर्गमन गर्नेबारेमा एक बोर्ड टाँसिएको छ ।

बोर्डमा बिद्यालय हाताभित्र हुने विभिन्न जोखिमहरु भएमा कसरी बाहिर निस्कने र सुरक्षित हुने भन्ने देखाइएको छ । प्राकृतिक विपत्ति आउँदा जोखिम मुक्त हुन सिकाएको बोर्डले विद्यालयको खुल्ला ठाँउमा आएपछि सुरक्षित हुने संकेत गर्छ । 

सुरक्षित बहिर्गमन नक्साले भने विपरित मंगलबार पानी खाएपछि एकाएक बिद्यार्थीहरुको सकुसल बहिर्गमन हुन सकेन । विद्यालय हाताभित्रको धारामा पानी खाएर प्रांगणमा आएपनि उनीहरु एकाएक विरामी परे । कोहि पेट दुखेर लडे भने कोही टाउको दुखेको गुनासो गर्न थाले । कसैलाइ भने रिंगटा लागेको महँसुस हुन थाल्यो । 

पानी खाएका विद्यार्थीहरु एकएक गर्दै समस्यामा परेपछि विद्यालयका प्रधानाध्यापक खेम दुलाललगायतले पानी खाने विद्यार्थीहरु भेला गर्न थाले । कक्षा १ देखी १२ सम्म सबै कक्षामा क–कसले पानी खाएको भन्दा ६ जना विद्यार्थीहरु मात्रै भेला भए । विद्यालयले तुरुन्तै एक गाडी खोजेर मंगरबारे अस्पताल उर्लाबारी पुर्यायो । 

सुरुमा पानी खाएपनि केहि नभएको बताउने विद्यार्थीहरु फेरि पेट दुख्यो भन्दै गुनासो गर्न थाले । शिक्षकहरुले फेरि अरु गाडि व्यवस्था गरेर अस्पताल लगे । एकएक गर्दै ४ वटा गाडिमा ३० विद्यार्थीहरुलाइ पालैपालो अस्पताल पुर्याए पछि मात्रै अन्य बिरामी विद्यार्थीहरु थपिएनन । ‘बिहानको प्रार्थना सकिनासाथ विद्यार्थीहरुले पानी खाएपछि समस्या भएको गुनासो गरे अनि हामीले तत्काल गाडि खोजेर अस्पताल पुर्यायौँ’, सोहि विद्यालयका शिक्षक थानेस्वर गौतमले भने । 

सबै पानी खाएका विद्यार्थीहरु बिरामी परेपछि विद्यालयले १०ः ३० मै विदा दियो र बिरामी विद्यार्थीहरुलाइ अस्पताल लान थाल्यो । पानी खाएर सम्पर्क नगरि घर गएका विद्यार्थी र अभिभावकहरुलाइ सचेत गराउन केहि समय विद्यालयले माइकिङ पनि गर्यो  । सारुनी मगर भनेर परिचित एक स्थानिय बृद्धाको मलामी गएका कारणले विद्यालयले मलामी गएका अभिभावकहरुलाइ पनि खबर गर्यो ।  

सायप्रिन नामक बिष बायोफिल्टेड पानीमा हालेको तथ्य फेला

श्री माविसँगै सोहि क्षेत्रको जाँते बजारले लेटाङ ८ को बाबेनि भन्ने स्थानको मुहानको पानी खान्छन । अन्य सबैतिरको पानी खानेलाई केहि भएन । बिद्यालयको पानी, त्यो पनि बायोफिल्टेड पानी खाने विद्यार्थीहरु भने एकएक गरि बिरामी भए । 

बायोफिल्टेड पानी भनेको मुहानबाट आएको पानी प्राकृतिक रुपमा शुद्ध गरि छानेर आएको पानी हो । यो प्रविधि जडानमा सिद्धबिनायक किर्तन मण्डली र श्री माविका शिक्षक तथा विद्यालयको १ लाख ४० हजार बराबरको आर्थिक योगदान रहेको छ । 

 विद्यालयले खोज्दै जाँदा सायप्रिन नामक एक किटनाशक बिष बायोफिल्टेटेंकिमा हालिएको पाइयो । टेंकिका २ ढकनिमा एक ढकनि खुकुलो भएकोले सोहि ढकनिहुँदै टेंकिमा बिश हालिएको देखिएको छ । दुइ तलाको विद्यालय भवनको भर्याङको दाँहिनेपटि बायोफिल्टेड टेंकि भएकाले बिश हाल्नेले सहजै हाल्न सकेको स्थानियहरुको तर्क छ । 

कस्ले हाल्यो बिष ?

स्थानिय पुन्यप्रसाद सापकोटा, विद्यालयका प्रधानाध्यापक खेम दुलाल, शिक्षक थानेस्वर गौतम, लेटाङ प्रहरी प्रमुख योगप्रसाद खतिवडाले कस्ले बिष हाल्यो भन्ने तत्काल थाहा नभएको बताएका छन । 

नेपाल समयसँग बोलेका स्थानियहरुले पनि कस्ले बिश हाल्यो भन्ने थाहा नभएको बताए । तर, केहि स्थानियहरुले भने बिद्यालयको पानीमा बिश कुनै विद्यार्थीलाइ कसैले हाल्न लाएको हुनसक्ने बताए । नाम नछाप्ने सर्तमा एक स्थानियले भने, ‘विद्यार्थीहरु फटा होलान तर पसलमा गएर बिष किनेर आफैले खाने टेंकिमा हाल्ने कुरा असंभव छ । कसैले परिचालन गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।’

४ विद्यार्थी आइसियुमा २५ विद्यार्थी घर फर्के

३० बिद्यार्थीहरु बिश हालेको पानी खाएर बिरामी भएकोमा २५ जना घर फर्केका छन । तर, ४ विद्यार्थीहरु भने विराटनगरको नोबेल अस्पतालमा उपचाररत छन । विद्यार्थीहरु खुस्बु मिश्र, श्रीस्टि निरौला, कमला लिम्बु र  मनिष थापा उपचाररत छन । 

बाँकि विद्यार्थीहरु भने उर्लाबारीको मंगरबारे अस्पतालबाट उपचारपछि घर फर्केका छन । बच्चाहरुको उपचारमा सक्रिय रहेका चिकित्सक धनबहादुर श्रेष्ठका अनुसार श्रीजना निरौला, चेतन खड्का, महेश राई, रिजन सेन्चुरी, युरिन लिम्बु, मनिष थापा, रितिस लिम्बु घर फर्केका छन ।

यस्तैगरि, अनिस राई, उर्मिला लिम्बु, क्रितिना लिम्बु, प्रतिमा इङनाम, सिप्रा लिम्बु, रुपा लिम्बु घर फर्केका छन । घर फर्कनेमा प्रभा लिम्बु, हर्कबहादुर बिक, अमिर पौडेल, धिरज लिम्बु, सुन्दर राई, उज्वल मग्रान्ती, महेश राई, गोमा गजमेर छन । यस्तैगरि, राजन सेन्चुरी, पर्वत मगर, भुवाहाङ लिम्बु र रुबा लिम्बु उपचारपछि घर फर्केका छन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।