बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भाई र भतिजाको दिर्घायुको कामना गर्दै राना समुदायले मनाए तीज 

भाई र भतिजाको दिर्घायुको कामना गर्दै राना समुदायले मनाए तीज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- राना समुदायले मंगलबार विभिन्न कार्यक्रम गरेर तीज पर्व मनाएका छन्।

श्रावण शुक्ल पक्षको तृतियाको दिन राना समुदायले महान चाडको रुपमा तीज पर्व मनाउने गर्दछन्। हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतिका दिन मनाइने तीज पर्व यो बर्ष पनि दिनभर मिठोमिठो परिकार खाएर,  एकअर्कामा माया साटेर पिङ खेली रमाइलो साथ मनाएका हुन्। तीजलाई उनीहरुले माया र सद्भाव कायम राख्ने पर्वका रुपमासमेत लिने गर्दछन्।
 
श्रावण महिनाको प्रारम्भबाट नै गाउँटोलमा जम्मा भएर गीत गाउँदै समूहमा एक भएर पिङ खेल्ने गर्दछन् । तृतियाका दिन भने मिठो खाना बनाएर नदि छेउ लगी, गडरौधा नामको घाँसको गाठो बाधेर त्यो चाँदीको रुपैयाँमा छोएर बगाउछन्। 

विवाह भएका महिलाले सात र कन्याहरुले पाँच वटा गाठो बनाउने गर्छन्। जसलाई उनीहरु स्थानीय भाषामा झुड्की भन्ने गर्छन्। झुड्कीसँगै पिङ विसर्जन गरि उनीहरुले तीज मनाउने गरेको धनगढी कैलाली गाउँकी पदमा देबी रानाले बताईन्।

अन्य समुदायमा पतिको दिर्घायूको लागि तीजको व्रत बस्ने गरे पनि राना समुदायमा भने आफ्नो भाई र भतिजाहरुको दिर्घायु र सुख शान्तिका लागि महिलाहरु व्रत बस्ने गरेको कञ्चनपुरको कृष्णपुर-३ का गुलाबी रानाले बताए। 

छोरीहरु पनि तीज मनाउन श्रावण महिनाको पिङको आनन्द लिन माईत आउने चलन छ। पहिले श्रावण महिनामा प्रत्येक टोल टोलमा पिङ देखिन्थ्यो तर हाल प्रत्येक टोलमा त के एक गाउँमा एउटा पिङ पनि मुस्किलले देख्न पाइन्छ। आफ्नो कला र संस्कृति हराउँदै जान थालेकोमा चिन्ता गर्दै केहि व्यक्तिहरुले तीजका दिन बृहत साँस्कृतिक कार्यक्रमको आयोजना समेत गर्न थालेको बताएका छन्।
 
एउटै पिङमा महिला र पुरुष पालै पालो गरेर पिङ खेल्छन्। उनीहरु मैना र तोताको भूमिका बाधेर गीत गाउने गर्दछन। कोहि छोरी माईत जान नपाएकोमा गीतकै माध्यमबाट दुःख पेख्छिन् भने दाइभाइ नभएका, आमा बितेका छोरीहरु पनि गीतकै माध्यमबाट दुःख व्यक्त गर्ने गरेको गुलाबीले बताइन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।