शुक्रबार, वैशाख ७, २०८१

कर्णालीमा बन्दको प्रभाव : कतै ठप्प, कतै सामान्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव कर्णालीमा सामान्य परेको छ । सुर्खेत लगायत प्रदेशका सबै जिल्लामा बन्दको प्रभाव सामान्य परेपनि सवारी साधन नचल्दा जनजिवन कष्टकर बनेको छ । 

कर्णालीका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन भने बजार भने प्राय सबै जिल्लामा आशिंक रुपमा खुलेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त राजौरेले दिएको जानकारी अनुसार केही मोटरसाइकल र अटो रिक्सामात्र फाट्टफुट्ट चलेका छन् भने बजारपनि सामान्य रुपमा खुलेको छ ।  

जाजरकोटमा वमको हल्ला

यस्तै विप्लवका कार्यकर्ताले जाजरकोटको खलंगास्थित ठाटीबजार नजिकै माटोको डल्ला राखेर बमको हल्ला फिजाएका छन् । ‘ठाटीदेखि थाप्लेबजारतर्फ जाने बिच बाटोमै बम रहेको हल्लापछि हामी पुग्यौ’ जाजरकोटका डिएसपी रविन्द्रबहादुर सिंह भने ‘डिस्पोज गर्दा बम नभएर माटोको डल्ला पो रहेछ ।’ 

डिएसपी सिंहले दिएको जानकारी अनुसार जाजरकोटमा पनि लामो तथा छोटो दुरीका सवारी साधान फाट्ट फुट्ट चलेका छन् । बजार ठप्प रहेको तर कुनै पनि अप्रिय घटना नभएको उनले जानकारी दिए ।

सल्यानमा स्कटिङ 

यस्तै सल्यानमा पनि विप्लवले गरेको बन्दको प्रभाव देखिएको छ । बन्दले गर्दा काठमाडौंबाट आएका नाइट गाडीहरु प्रहरीको स्कटिङमा गन्तव्यतिर पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘काठमाडौंबाट आएका गाडीहरु स्टटिङमा गन्तव्यतिर पठाएका छौँ ।’ डिएसपी शाहीले भने ‘बन्दको प्रभाव परेपनि अप्रिय घटना भएको छैन ।’ सल्यानका केही पसलहरुमात्रै खुलेको शाहीले जानकारी दिए । 

कालिकोटमा पनि उस्तै

विप्लवले गरेको बन्दले कालिकोट पनि प्रभावित भएको छ । कालिकोटका डिएसपी विनोद शर्माले दिएको जानकारी अनुसार लामो दुरीका कुनै पनि सवारी साधान चलेका छैनन तर सदरमुकाम बजार खुलेको छ । टेम्पो चालक र छोटो दुरीका सवारी साधान भने प्रहरीको स्कटिङमा चलाएको शर्माले जानकारी दिए ।

दैलेखमा बन्दको प्रभाव सामान्य

दैलेखमा बन्दको प्रभाव सामान्य रहेको छ । ‘बजार पूर्ण रुपम खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले भने ‘गाडीहरु छिटफुट रुपमा चलेकै छन् ।’ बन्दकर्ताहरु पनि बजारमा नदेखिएको र अप्रिय घटना नभएको डिएसपी ठाकुरले जानकारी दिए ।

जुम्लामा ६० प्रतिशत बजार बन्द

यस्तै विप्लवको बन्दले जुम्लामा ६० प्रतिशत बजार बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका इनिस्पेक्टर प्रकाश केसीले दिएको जानकारी अनुसार स्थानीय टेम्पो बाहेक अन्य कुनै पनि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

यस्तै कर्णालीका अन्य जिल्लामा पनि बन्दको प्रभाव सामान्य देखिएको छ । कर्णालीको रुकुमा पूर्वमा र मुगुमा पनि बन्दको सामान्य प्रभाव परेको छ । त्यहाँबाट चल्ने कुनै पनि सवारी साधान चल्न सकेका छैनन् । बजार भने खुल्ला रहेका छन् । हुम्ला र डोल्पालाई सडक सञ्जालले छोएको छैन तर बजार भने आशिंक रुपमा खुल्ला रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।