शुक्रबार, वैशाख ७, २०८१

उर्लियो कमला, दुई हजारभन्दा बढी तीर्थयात्री समस्यामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सिन्धुली- कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन्। 

नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा जोखिम बढेको छ। भेल बढेपछि त्यस भेगका नदी किनारका बासिन्दा डरले निदाउन सकेको छैन्। केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीस्थित कमला, चदाँहा, मरिण, ग्वाङलगायत खोलामा पानीको बहाव अत्यधिक बढेको छ। 

पानीको बहाव वढेपछि सबैभन्दा बढी तीर्थयात्री समस्यामा परेका छन्। सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगङ्गा महादेव मन्दिरमा दर्शन गर्न आएका तीर्थयात्री कमला नदीमा पानीको बहाव वढेपछि समस्यामा परेका हुन्। 

वर्षात्का कारण कमला नदीमा पानीको बहाव बढेपछि प्रहरीले उनीहरुलाई सुरक्षित राख्दै कमला नदी तर्न दिएको छैन। मन्दिरमा दर्शन गरी फर्किएका दुई हजार तीन सयभन्दा बढी दर्शनार्थीलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। 

प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटाई तीर्थयात्रीलाई कमला नदीमा प्रवेश गर्न नदिइएको उनको भनाइ छ। चन्दनपुरबाट कमला खोला तरी मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न गएका तीर्थयात्रीलाई अहिले अन्यन्त्रैबाट गन्तव्यमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए। 

यस वर्षकै सबैभन्दा ठूलो बाढी कमला नदीमा आएकाले तीर्थयात्रीलाई नदी तर्न नदिइएको र फर्कन चाहने तीर्थयात्रीलाई दुधौली नगरपालिकाको हर्षाही-जगाडी हुँदै चन्दनपुरतर्फ पठाइने उनले बताए। तीर्थयात्रीलाई सुरक्षितका साथ गन्तव्यतर्फ पठाउनका लागि ट्याक्टर तथा स्थानीय सवारी साधन तयारीका साथ राखिएको प्रहरी निरीक्षक बस्नेतले बताए। 

करिब २० किलोमिटर कच्ची सडक पार गरेपछि तीर्थयात्रीले आफूले राखेको सवारी भएको ठाउँमा पुग्ने भएकाले प्रहरीले तीर्थयात्रीलाई सुरक्षित साथ फर्काउन प्रयास गरिरहेको पनि उनले बताए। 

छिमेकी जिल्लाका साथै भारतका विभिन्न प्रान्तबाट मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न तीर्थयात्री आएका छन्। सोमबार भएका कारण विगतका तुलनामा आज धेरै तीर्थयात्री यहाँ आएको प्रहरी निरीक्षक बस्नेतले बताए। कमला नदीमा पक्की पुल नबन्दा वर्षौदेखि समस्या रहेको छ। अघिल्ला वर्षहरुमा समन्वय नहुँदा कमला नदी तर्दा केहि तीर्थयात्रीलाई बगाउने गरेको थियो। 

यता निरन्तर अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गअन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिकामा पर्ने सडकमा सवारी रोकीएका छन्। स्थानीय खोलामा बाढी आएपछि सवारी साधन आवतजावत अवरुद्ध भएको र पानीको बहाव घटेपछि पूर्णरुपमा सुचारु हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

यस बाहेक जिल्लाका अन्य खोलामा बाढी आए पनि क्षतिको यर्थात् विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।