शुक्रबार, वैशाख ७, २०८१

 'कमिसनको चक्करमा वाइडबडी विमान' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले नेपाल वायु सेवा निगमका दुर्इ वटा वाइडबडी विमान कमिसनको चक्करमा परेको बताउँदै सांसदहरूले छानविन माग गरेका छन्। 

संघीय संसदको सोमबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले यस्तो माग गरेका हुन्। गौतमले निगमले विमान प्रकृयामा विचौलियामार्फत कमिसन खाने काम गरेको बताउँदै तत्काल छानविन हुनुपर्ने माग गरेका हुन्। उनले भने, 'बोलपत्र आव्हान गरिएको भन्दा फरक प्रकृतिको विमान खरिद गरिएका छन्। बोलपत्रमा उल्लेख गरिएको मापदण्डभन्दा फरक विमान किन खरिद गरियो?' 

उनले सम्बन्धित मन्त्रालयले यस विषयमा छानविन गर्नुको साटो उल्टै ढाकछोप गरेको आरोप लगाएका छन्। 

संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै पर्यटनमन्त्री रविन्द्र अधिकारीले अनियमितता नभएको दाबी गरे। उनले भने, 'दुर्इ वटा विमान आए। कहींकतै त्रुटी वा गल्ति भएमा कारवाहीको दायरामा ल्याइनेछ।'

सरकारले एक महिनाअघि एयरबस ३३०-२०० मोडेलको पहिलो र त्यसको केही समयपछि दोस्रो विमान ल्याएको थियो। 

निगमले दुर्इ वटा वाइडबडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ। निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा दुई वटा वाइडबडी खरिदका लागि सम्झौता गरेको थियो।

सांसद गौतमले संसदमा प्रश्न गरे, '३३ किलो सुन प्रकरणको अनुसन्धानमा ठूला माछा नियन्त्रणमा आउने भन्ने थियो, अहिले ठुला माछा कता गए? सनम हत्याका दोषी कता गए? जनतालार्इ दोहोरो करको मारमा किन पारिदै छ ? बलात्कारका घटनामा किन सरकार मौन भएको हो?' 

अमेरिकाको एएआर कम्पनीसँग फ्रान्समा निर्मित एयरबस कम्पनीका दुर्इ नयाँ वाइडबडी विमान निगमले भित्र्याएको थियो। पोर्चुगलको एभिएसन कम्पनी हाइफ्लार्इले एयरबससँग ती विमान खरिद गर्ने सम्झौता गरेको थियो। तर, उक्त कम्पनी टाट पल्टिएपछि अमेरिकी कम्पनी एएआरले ती विमान सकारेको थियो। एएआरमार्फत् खरिद गर्दा सीधा एयरबससँग खरिद गर्नुभन्दा सस्तोमा विमान उपलब्ध भएको निगमले बताएको छ। दुवै विमानको मूल्य २० करोड ८० लाख १६ हजार अमेरिकी डलर अर्थात् २२ अर्ब ६३ करोड रुपैयाँ परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।