शनिबार, वैशाख ८, २०८१

टेलिकमले कमायो साढे १५ अर्ब नाफा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल टेलिकमले गत आर्थिक वर्ष ०७४/७५ मा साढे १५ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ। 

गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको कुल आय करिब ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ छ। त्यसमा नाफाको हिस्सा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ छ।

टेलिकमका अनुसार अघिल्लो आवको तुलनामा गत वर्ष २.१९ प्रतिशतले आय वृद्धि भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको मुनाफासमेत १.९२ प्रतिशत वृद्धि भएको छ। कम्पनीको प्रतिसेयर आम्दानीमा अघिल्लो आवको तुलनामा १.९६ वृद्धि भई प्रतिसेयर १०४.४५ रुपैयाँ आम्दानी पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

एकीकृत विलिङ प्रणालीमा 'ल्यान्ड लाइन'को गत वर्ष नै आयोजना सम्पन्न भएको उनको भनाइ छ। 

यस्तै, ल्यान्ड लाइन सेवाका पुराना उपकरणहरू विस्थापन गरी टीडीएम माइग्रेसन आयोजनाअन्तर्गत् आधुनिक प्रविधिमा आधारित (आईएमएस) उपकरणमार्फत् सेवा प्रदान गर्न थालिएको छ। करिब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रूपान्तरित भई सेवा सञ्चालनमा आइसकेको उनको भनाइ छ। 

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका सात सय ४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ।

टेलिफोन ग्राहक आधार दुई करोड

२०७५ जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार चार सय ४५ रहेको टेलिकमको भनाइ छ। 

कम्पनीका अनुसार इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार चार सय २९ छ। गत वर्ष ०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार दुई सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार पाँच सय ३५ ले वृद्धि भएको हो।

प्राधिकरणको तथ्यांकअनुसार गत आवको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकामा गत जेठ महिनामा त्यो दुई प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पुगेको छ।

सञ्चालन आय ४४ खर्ब पुर्‍याउने योजना

मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १, २, ३ मा पर्ने मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्न पाँच वटा बोलपत्र आह्वान भइसकेको छ। 

त्यसअनुसार पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म कुल दुई हजार एक सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिने प्रवक्ता वैद्यले जानकारी दिइन्। 

यस्तै, पहाडी जिल्लाका सदरमुकामहरूमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत् एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार चालु आवको प्रथम त्रैमासिकभित्र सम्पन्न गरिनेछ। 

टेलिकमका अनुसार काठमाडौं-तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रूपमा अप्टिकल नेटवर्क विस्तारको थालनी गरिने कार्यक्रम छ। प्रदेश १, २ र ३ बाहेकका क्षेत्रमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरू जडान गरी पूर्वाधार विस्तारको योजना अगाडि सारेको छ।

वायरलेस सेवा

जीएसएम मोबाइल सेवामा चालु आवमा पोस्टपेडतर्फ ५९ हजार आठ सय ३० र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ। मोबाइल सेवाप्रति ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी प्रमुख शहरहरूमा फोरजी सेवा सञ्चालन आरम्भ भइसकेको टेलिकमको  भनाइ छ। 

टेलिकमका अनुसार मुलुकका सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्न बोलपत्र आव्हान भइसकेको छ। र, यसै आर्थिक वर्षभित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा सञ्चालनमा ल्याइनेछ। 

आधुनिक प्रविधिहरू उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारलाई थप चुस्त गर्ने लक्ष्य लिएको छ। चालु आवमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय दुई लाइन टेलिफोन वितरण गर्ने लक्ष्य छ। 

वायर लाइन सेवा

चालु आवमा पीएसटीएन सेवातर्फ ४२ हजार दुई सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य छ। यसअनुरूप मुलुकका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरूमा आईपी प्रविधिका उपकरणहरूबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गरिनेछ।

थप एक लाख लाइन आईपी प्रविधिबाट प्रतिस्थापन गरी पीएसटीएन सेवाको कुल जडित क्षमताको करिब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आईपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेसमेत टेलिकमले जनाएको छ। 

जीएसएम बीटीएस

चालु आवको दोस्रो त्रैमासिकभित्र कम्पनीको '५.२ एम जीएसएम आयोजना'अन्तर्गत् बाँकी रहेका बीटीएसहरू सञ्चालन गरिनेछ। साथै, सबै प्रदेशमा गरी थप एक सय २० बीटीएस साइटहरू सञ्चालनमा ल्याइनेछ।  

टावर निर्माण

कम्पनीको '१० एम जीएएम आयोजना'अन्तर्गत बाँकी रहेका बीटीएसहरू तथा थप बीटीएसहरू सञ्चालन गर्न '९ एम प्रुफ टप टावर' (आरटीटी) '२० एम-५० एम ग्राउन्ड बेस्ड टावर' (जीबीटी) खरिद तथा सञ्चालन प्रकृया अगाडि बढाइएको छ। 

इन्टरनेट सेवा

शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहरहरूमा तीन लाख क्षमताको एफटीटीएच (फाइबर टु दी होम) नेटवर्क विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गर्ने टेलिको योजना छ।

यसै आर्थिक वर्षभित्र विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्फत न्यूनतम पाँच सय १२ केबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रहरूमा वाइफाई सेवा सञ्चालनमा ल्याइनेछ। 

चालु आवमा टेलिकमले उल्लिखित कार्यक्रममार्फत कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब २२ अर्ब पुँजीगत लगानी गर्ने योजना तय गरेको जानकारी गराएको छ।

गुणस्तर वृद्धि

आर्थिक वर्ष ०७५/७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्‍याउने लक्ष्य छ। डाटा सेवाको घनत्व वृद्धि गर्दै ४५ प्रतिशत पुर्‍याउने कार्यक्रम छ। साथै, कम्पनीले चालु आवमा सञ्चालन आय ४४.२५ अर्ब पुर्‍याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्