शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गरिब परिचयपत्र माग्दा प्रहरी हिरासतमा, सूचीमा परेनन् अतिगरिब

गरिब परिचयपत्र माग्दा प्रहरी हिरासतमा, सूचीमा परेनन् अतिगरिब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
अछाम- गरिब घरपरिवार परिचय पत्र वितरणका बिषयमा पंचदेवल विनायक नगरपालिका-६ मा भएको विवाद उत्कर्षमा पुगेको छ। नगरपालिकाले परिचयपत्र वितरणका लागि आयोजना गरेको शिविरमा परिचयपत्र पाउनुपर्ने गरिबहरूको नामावली नभेटिएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तोडफोडको प्रयास गरेका थिए।

स्थानीयको चर्को नाराबाजीपछि परिचयपत्र वितरण कार्य प्रभावित भएको नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख अष्टराज गौतमले बताए। स्थानीयको भीड नाराबाजीका साथ वडा कार्यालयभित्र पस्दा त्यहाँ राखिएका सामग्री केही तहसनहस भएको भन्दै वडा कार्यालयले स्थानीय दुई महिलासहित छ जनाविरुद्ध सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता गराएको छ।

वडा कार्यालय तोडफोड गरेका भन्दै स्थानीय अमरबहादुर रावल, कलम शाही, दानबहादुर रावल, पदम रावल, धना शाही, मनसरा शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। उनीहरूलाई म्याद थप गरेर बयान लिने काम भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले बताए। वडा कार्यालयमा भने सामान्य क्षति मात्र भएको छ।

यसरी भयो घटना 

साउन १९ गते बिहान १० बजेदेखि वडा कार्यालयमा परिचयपत्र वितरण शुरुका लागि तरखर हुँदै थियो। परिचयपत्र पाउने आशा लिएका वडाका गरिब नागरिकहरू वडा कार्यालयबाहिर भेला भइसकेका थिए।

परिचयपत्र पाउनेहरूको सूचीमा अधिकांश नागरिकहरू छुटेको तथ्य बाहिर आएपछि स्थानीयले वितरण कार्य रोक्न सरकारी टोलीलाई पटक पटक आग्रह गर्दा पनि वितरण कार्य नरोकिँदा नाराबाजी सुरु भयो। 

करिब ३०० बढीको भीड नाराबाजीका साथ वडा कार्यालय घेराउको लागी पुग्यो। केहि यूवाहरूले वडा कार्यालयका कुर्सी टेबल उठाउन थाले। वितरण टोलीले वितरण कार्य रोक्यो। केहि बेरमा भीड शान्त बन्यो। 

नगरपालिकाका प्रशासकीय अधिकृत गौतमले इलाका प्रहरी कार्यालयमा सुरक्षाका लागि फोन गरे र उनीलगायत सरकारी टोल नगरपालिका कार्यालय फर्कियो। सरकारी टोली फर्के पछी केहि स्थानीयहरू घरतिर लागे भने केही भने वडा कार्यालय आसपासमा बसिरहेका बेला एकाएक प्रहरी पुग्यो। नजिक रहेका छ जना युवाहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठायो। उनीहरूविरुद्ध अहिले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ।

अहिले प्रहरी हिरासतमा रहेका स्थानीय छ जना भने आफूले कुनै पनि गल्ती नगरेको बताउँदै आएका छन्। ‘सरकारले परिचयपत्र दिन्छ भन्ने सुनेर खुसी थिएँ, अहिले जेलको बास दियो’, आरोपी मनसरा शाहीले भनिन्। उनीहरूले स्थानीय सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाएका छन्।

घटनापछि नगरपालिकाले अयोजना गरेको सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागी सरोकारवालाले प्रहरी हिरासतमा रहेका छ जनालाई तत्काल रिहाई गरिनुपर्ने बताएका छन्। नगरपालिकास्थित अन्य वडाका वडा अध्यक्षहरूले पनि उनीहरूलाई तत्काल रिहाईको पहल गर्नुपर्ने बताए।

गरिबको सूचीमा परेनन् अति गरिबहरू

जिल्लाको पंचदेवल विनायक नगरपालिका-२ का महाजित विकका आमाबुबा बितेको पाँच वर्ष पुग्यो। एचआइभी एड्सको संक्रमणका कारण आमाबाबु गुमाएका विकका तीन भाइबहिनीलाई एक गैरसरकारी संस्थाले पालन पोषण गरिरहेको छ।

सम्पतिको नाममा कुनै पनि स्रोत नभएका उनको नाम भने त्यो सूचीमा परेको छैन। उनी मात्र होइन, जिल्लाका अधिकांश गरिबीको रेखामुनि रहेकाहरूको नामावली नै नरहेको भन्दै जिल्लाभर गरिब घर परिवार पहिचान बोर्डको आलोचना भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।