मंगलबार, वैशाख ११, २०८१

कांग्रेसले आधा झण्डा झुकाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

पार्टीका कावा सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनमा यही साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। 

बैठकले साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने तथा १३औँ दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेसका पुराना अग्रज नेता राणाको यही साउन २५ गते भारतको कोलकातामा निधन भएको हो। बिपी कोइराला प्रधानमन्त्री रहनुभएको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले उनीप्रमुख प्रतिपक्षी दलको नेता थिए। 

विसं २०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराएका थिए। 

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकालमा उनी केन्द्रीय सदस्य थिए। बैठकले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। 

बम प्रहार घटनाको भत्र्सना 

नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराइ क्षति पुर्‍याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

उहाँको कार्यकक्ष बाहिर आज गराइएको बम विष्फोटबाट एक जना सख्त घाइते हुनुभएको छ भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधनामा समेत क्षति पुगेको छ। 

काङ्ग्रेसले घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

दाहालको निधनप्रति दुःख व्यक्त 

नेपाली काङ्ग्रेसले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व, वरिष्ठ पत्रकार एवं वरिष्ठ रेडियोकर्मी यज्ञनिधि दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ। 

काङ्ग्रेसले आज एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। 

उनको निधनबाट सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपूरणीय क्षति पुगेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दाहालको यही साउन २५ गते माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मस्तिस्कघातबाट निधन भएको हो। लोक जीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै बोलीमा मिठास र भाषामा लयात्मकतामा आधारित भएर उनले दिने प्रस्तुतिले नेपाली स्रोतालाई आकर्षित गरेको थियो। 

लामो समयसम्म अध्यापन सेवामा समर्पित रहेका स्व दाहालले साहित्य र पत्रकारिताका क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउन तथा चेतनासमेत बढाउन सक्रिय भूमिका निर्वाह गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।