मंगलबार, वैशाख ११, २०८१

मन्‍त्रीहरूले नेकपामा नयाँ जिम्मेवारी नपाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकार र संसदमा महत्वपूर्ण पद भएकालाई पार्टीको जिम्मेवारी नदिन नेकपाले मातहत कमिटीहरूलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो।

एकीकरणपछि नेकपाको यो दोस्रो सर्कुलर हो। सरकारका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू, प्रतिनिधिसभा संसदीय दलका उपनेता, राष्ट्रियसभामा दलका नेताको प्रतिनिधि, संघीय संसदीय दलका मुख्य सचेतक र सचेतकहरूले पार्टीमा जिम्मेवारी पाउने छैनन् । 

त्यसैगरी, संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का समितिका सभापतिहरू, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा दलका नेता र उपनेताहरू, प्रदेशसभाका समितिका सभापतिहरू, प्रदेशसभा दलका प्रमुख सचेतक र सचेतकहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले जिम्मेवारी पाउने छैनन्। 

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, जिल्ला र त्यसमातहतको पार्टी कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा नरहन  पनि निर्देशन जारी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।