बुधबार, वैशाख १२, २०८१

यस सिजनको प्रिमियर लिगका १० असफल अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- यस २०१८/०१९ सिजनको प्रिमियर लिगका लागि धेरै क्लबहरु नयाँ खेलाडी अनुबन्ध गरे। एकअर्का क्लबबीच निकै प्रतिस्पर्धा समेत भयो। कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्ध गर्ने एक अर्काबीच होडबाजि नै चले जस्तो देखीयो। थुप्रै नाम चलेका खेलाडी ठुला क्लबसँग अनुबन्ध हुने हल्लासँगै प्रयाससमेत गरिएका थिए। तर, मंगलबारसम्म प्रयासरत कयौं क्लब चर्चित खेलाडी अनुबन्ध गर्नबाट चुकेका छन्। ती अनुबन्धबाट चुकेका १० खेलाडी:

१. चेल्सी- एलेक्जान्दर गोलोभिन

चेल्सीले सीएसकेए मस्कोका मिडफिल्डर एलेक्जान्दर गोलोभिनसँग सम्झौता गरेका थिए। तर, उनलाई एएस मोनाकोले २५ मिलियन युरोमा अनुबन्ध ग¥यो । रुसका २२ बर्षीय मिडफिल्डर गोलोभिनलाई रुस विश्वकपको प्रदर्शन देखेर चेल्सीले सम्झौता गरेको थियो । यतिखेर युवा खेलाडी गोलोभिनले लिग–१ खेल्न कदम चालेका छन् ।  आफ्नो देशबाट बाहिरि क्लबमा अनुबन्ध हुने उनी थोरै रुसी खेलाडी मध्ये एक हुन्।

२. टोटनह्याम- ज्याक ग्रेअलिस

एस्टन भिल्लाका मिडफिल्र ज्याक ग्रेअलिसलाई यस सिजन टोटनह्यामले मक्र्यु खेलाडीको रुपमा अनुबन्ध गर्ने बताइएका थियो । किनकी नयाँ सिजनभन्दा पहिले मउरिसियो पोचेटिनोले उनलाई भित्र्याउने प्रयास गरेका थिए । तर, क्लब उनको मुल्यमा सहमत थिएन । ज्याकलाई अनुबन्ध गर्न टोटनह्यामले २५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो। दुबै क्लबबीचको सम्झौता नमिल्दा ग्रेअलिस निराश भएका थिए । तर, उनीसँग भिल्लाले नयाँ सम्झौता गर्न सक्ने बताइएको छ।

३. बार्सिलोना- विलियम

बर्सिलोनाले विलियम भित्र्याउन चेल्सीसँग निकैनै संर्घष गरेको थियो । उनको मुल्यमा सहमत भएको चेल्सी केहि समय पछि आफ्नो मनसाय बदलेको थियो । अनन्त उनी चेल्सीमै रहे। उनको यो चेल्सीमा छैठौ सिजन हो।

४. चेल्सी- एलिसन
 
२०१७-१८ को सिजनमा एलिसनको प्रदर्शन सिरी–ए मा निकैनै प्रभावकारी रहेको थियो। यहि प्रदर्शनले उनी यो सिजन धेरै माग भएका गोलकिपर मध्ये एक भए । यस सिजन उनीमाथि प्रस्ताव गर्ने मध्ये एक थियो चेल्सी। ब्राजिलियन गोलकिपर एलिसनलाई चेल्सीले थिबाउट कोउर्टोसको विकल्पको रुपमा हरेको थियो । तर, उनले इटालीयन क्लब लिभरपुलमा अनुबन्ध भए। उनी लिभरपुलमा ६७ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए।

५. चेल्सी- डेनियल रुगानी

मउरिजियो सारीले डेनियल रुगानीलाई भित्र्याउने आफ्नो मुख्य योजना बनाएका थिए। उनका लागि चेल्सीका सिइओ मरिना ग्रानोभस्कैयाले ५० मिलियन पाउण्डको साझो प्रस्ताव गरेका थिए। तर, युभेन्ट्सले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो। अस्वीकारपछि एजेन्टले भनेका थिए, ‘चेल्सीले वास्तवमा एक ठुलो बोली लगाएको थियो । जो अस्वीकार हुने सम्भावना कम थियो। तर, युभेन्ट्सले उनलाई बेच्न मानेन्।’

६. रियल मड्रिड- इडेन हाजार्ड

रियल मड्रिडले इडेन हाजार्डलाई अनुबन्ध गर्न चेल्सीलाई बारम्बार प्रस्ताव गरेको थियो। तर, रियलको बारम्बारको प्रस्तावलाई चेल्सीले अस्वीकार गरेको थियो। रियल हाजार्डलाई पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा अनुबन्ध गर्न चाहन्थ्यो। बार्सिलोना देखी पिएसजी जाँदा नेयमारका लागि पिएसजीले तिरेको रकम रियलले प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव चेल्सीले स्वीकार्न सकेन। यो कदम हाजार्ड र रियल दुबै चाहन्थे। तर, क्लबले नचाहँदा रियलको यो प्रयास असफल भयो।

७. लिभरपुल- नाबिल फकिर

लिभरपुल र लियोनबीच एक सम्झौता भएको थियो। दुबै क्लबबीचको चर्चा पछि ५३ मिलियन पाउण्डको सम्झौता भएको थियो। उनले सिजनका लागि जर्सी नम्बर समेत छनोट गरेका थिए। तर, उनी मेडिकलमा फेल भए पछि लियानमै रहन बाध्य भए।

८.  म्यान्चेस्टर युनाइटेड- ह्यारी मगुइरे

ह्यारी मगुइरेको विश्वकमा गरेको प्रदर्शन देखेर उनी म्यान्चेस्टर युनाइटेडको नजरमा परेका थिए। उनलाई युनाइटेडले टोबी एल्डरवेरेल्डको विकल्पको रुपमा हेरेको थियो। दुभाग्यबस उनलाई लेस्टरसिटीले बेच्नमानेन र म्यान्चेस्टर युनाइटेड उनलाई भित्र्याउने सपनाबाट बाहिरियो। 

९.  म्यानचेस्टर सिटी- जोर्गिन्हो 

म्यान्चेस्टर सिटीले नेपोली मिडफिल्डर जोर्गिन्होलाई यस सिजन अनुबन्ध गर्न आफ्नो पहिलो प्राथमिकतामा राखेको थियो र सम्झौता नजिस समेत पुगेका थिए । तर, उनी भन्दा अगाडि चेल्सीले उनलाई अनुबन्ध गर्‍यो। जहाँ सिटीका म्यानेजर पेप गार्डिओला निकैनै आक्रोसित भएका थिए।

१०.  म्यान्चेस्टर युनाइटेड- टोबी एल्डरवेरेल्ड

जोसे माउरिन्हो आफ्नो डिफेन्स बलियो बनाउन एक अर्को खेलाडी अनुबन्ध गर्न तयार थिए। सिजन २०१८-०१९ का लागि उनले टोबी एल्डरवेरेल्डलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास गरे । शुरुवाती वार्तामा युनाइटेडले टोटनह्यमा हट्स्पर सहमती रहेको अनुभुत गरेको थियो। तर, दोस्रो वार्तामा टोटनह्यामले उनको प्रयासलाई अस्वीकार गर्‍यो र युनाइटेड उनलाई भित्र्याउन असफल रह्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।